यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
प्रचण्ड र ओलीबीच आज पनि भेटवार्ता
प्रचण्ड र ओलीबीच आज पनि भेटवार्ता
थङमिचागु डटकम संवाददाता

१७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । भेटवार्ताको विषय सार्वजनिक भएको छैन ।
तर प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रचण्ड र ओलीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।
आइतबार पनि प्रचण्ड, ओली र रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो ।
ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साझेदारीका विषयमा छलफल भएका समाचार सार्वजनिक हुँदै आएका छन् ।
यसले हाल सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र अर्को सत्ता साझेदार दल रास्वपा दबाबमा परेको विश्लेषण भइरहेको छ ।





