राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
रास्वपाबाट राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिरलाई
रास्वपाबाट राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिरलाई
थाङमिचागु डटकम संवाददाता

१६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत छनोटको जिम्मा उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएको छ ।
सत्ता गठबन्धनको भागवण्डामा रास्वाले दुई देशका लागि राजदूत पाएको छ । पार्टीका तर्फबाट नाम सिफारिसका लागि सम्भावित नाम सुझाउन रास्वपाले अनलाइन फर्म र इमेलमार्फत आह्वान गरेको थियो ।
जसमा २४० भन्दा बढी सुझाव आएको र तीमध्ये ७ जनाको नाम अन्तर्राष्ट्रिय विभागले सभापति रवि लामिछानेलाई बुझाएको छ । तर लामिछानेले उपाध्यक्ष वाग्ले र खनाललाई जिम्मा दिएका रास्वपाले जानकारी दिएको छ ।
राजदूत चयनका लागि रास्वपाले संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि (राजदूत) प्रा डा जयराज आचार्यसँग परामर्श गर्ने पनि जनाएको छ ।
राजदूत राष्ट्रिय स्वतन्त्र पार्टी




