राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ
थाङमिचागु डटकम संवाददाता

१५ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेका छन् ।
शुक्रबार राति प्रहरीले झालाई पक्राउ गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा लगिएको छ ।
उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यही प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ परेका थिए ।
यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुन: अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
एकजना पीडितले झालाई २ करोडको चेक दिएको खुलेको थियो । आफू पक्राउ परेपछि टोखा नगरपालिका-६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए ।
झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको स्रोतको दाबी छ ।




