प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच छलफल

0Shares

प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच छलफल

थाङमिचागु डटकम संवाददाता

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलगायत नेताहरूबीच बिहीबार अपराह्न छलफल भएको हो। छलफलमा कानून मन्त्री पदम गिरी पनि सहभागी छन्।

प्रधानमन्त्री दाहालको सचिवालयले दिएको जानकारीअनुसार शान्ति प्रक्रियाको पूर्णता र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विषयमा छलफल केन्द्रित छ। 

छलफलमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र राधेश्याम अधिकारी पनि सहभागी छन्।

साथै एमाले नेता प्रदीप ज्ञवाली, प्रमुख सचेतक महेश बर्तौला र अग्नि खरेल तथा माओवादी नेता जनार्दन शर्मालगायत पनि सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *