मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
मानव बेचबिखन गरेको आरोपमा एक जना महिला पक्राउ
मानव बेचबिखन गरेको आरोपमा एक जना महिला पक्राउ
थाङमिचागु डटकम संवाददाता

बिहेको बहानामा चीन पुर्याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए। उनलाई मंगलबार पक्राउ गरी सात दिन हिरासतमा राख्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ।
उनले फेसबुकको मेसेन्जरमार्फत एक जना महिलासँग कुराकानी गरेकी थिइन्। आफू चिनियाँ पुरूषसँग विवाह गरी चीनमा आएको र १० वर्षदेखि बस्दै आएको भनेर प्रलोभनमा पारेकी थिइन्।
चीनमा राम्रै सेवासुविधा हुने र पीडित महिलालाई पनि विवाह गरी चीन आउन उनले प्रस्ताव राखेकी थिइन्। विवाहका लागि तयार भएका एक जना धनी चिनियाँ पुरूषलाई चिनेको भनेर प्रलोभनमा पारी ती महिलालाई विवाह गर्न राजी बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
राजी भएसँगै उनले ती महिलालाई काठमाडौंको ठमेलमा चिनियाँ नागरिकसँग भेट गराइदिएका थिए।
२०८० फागुन १० गते ती महिलालाई भिजिट भिसामा चीन पुर्याएको पाइएको थियो। चीन पुगेपछि भने ती महिला चिनियाँ नागरिकको घरमा बन्धकमा परेकी थिइन्।
शारिरीक र मानसिक यातना दिएर पटकपटक यौन शोषण गरेको अनुसन्धानबाट खुलेको छ।
महिलालाई बन्धक बनाएर राखेको खुलेपछि चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्धार गरी नेपाल फर्काइएको एसपी गौतम मिश्रले बताए।
नेपाल फर्किएर पीडितले राईविरूद्ध जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। यसमा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिको खोजी भइरहेको ब्युरोले जनाएको छ।





