दाँत तथा मुख स्वास्थ्यमा नेपालको अवस्था

0Shares

काठमाडौँ — भनिन्छ सच्चा मुस्कान मानिसको हृदयमा आउँछ तर स्वस्थ मुस्कानका लागि भने दाँत तथा मुख स्वास्थ्यको उपयुक्त हेरचाह र उपचार आवश्यक पर्छ । मुख तथा दाँत स्वास्थ्य हाम्रो शारीरिक स्वास्थ्यको ऐनाको रुपमा हेरिन्छ ।

धेरै दीर्घ रोगहरूको सुरुवाती लक्षण मुखमा सामान्य परिवर्तन आएर देखिन्छ भने अर्कोतर्फ मुख स्वस्थ राख्न सकिएन भने त्यसकै कारणले अन्य धेरै रोगहरूको सिकार बन्नुपर्ने अवस्था पनि आउँछ । त्यसकारण शारीरिक रुपमा स्वास्थ रहनलाई मुख स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने देखिन्छ ।

विश्व दन्त महासंघको अगुवाइमा सबैले न्युनतम मुख स्वास्थ्य प्राप्त गर्ने मुख्य लक्ष्यका साथ हरेक वर्ष मार्च २० गतेका दिन विश्व मुख स्वास्थ्य दिवस विश्वभरी नै विविध कार्यक्रम गरेर मनाइन्छ । सन २००२१-२००२३ सम्मको विश्व मुख स्वास्थ्य दिवशको नारा “आफ्नो मुख स्वास्थ्यमा गर्व गरौं” राखिएको छ । मुख स्वास्थ्य बहुआयामिक हुने र यसमा दुखाइ, पीडा र असुविधा नहुनु मात्र नभई आत्मविश्वासका साथ मुख सम्बन्धि कुनै पनि रोग बिना अनुहारको अभिव्यक्ति मार्फत बोल्ने, मुस्कान, गन्ध, स्वाद, स्पर्श, चपाउने, निल्ने र भावनाहरू व्यक्त गर्ने क्षमता समावेश हुन सक्नुलाई विश्व दन्त महासंघले स्वास्थ मुखको रुपमा परिभाषित गरिएको छ ।

मुख तथा दाँत सम्बन्धी धेरै रोगहरूको सजिलै रोकथाम गर्न सकिने भएतापनि विश्वभर नै धेरै मानिसहरु मुख तथा दाँत सम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित रहेको धेरै अध्ययनहरुले देखाएको छ । विकसित देशहरुमा मुख्यतः खानपिनको कारणबाट धेरै मुख तथा दाँत सम्बन्धी रोगहरु लागेको पाइन्छ भने विकाशिल देशहरुमा भने जनचेतनाको र स्वास्थमा पहुँचको कमि कै कारण पनि धेरै मानिसहरूमा मुख सम्बन्धी समस्या देखिने गरेका छ्न् । विभिन्न देशमा भएका फरक फरक अध्ययनले शिक्षा, आर्थिक अवस्था र सामाजिक अवस्थाको मुख स्वास्थ्यसँग गहिरो सम्बन्ध रहेको कुरा देखाएको छ ।

हाम्रो जस्तो देशमा मुख तथा दाँत सम्बन्धी धेरै समस्याहरुको मुख्य कारकतत्व मध्येको जनचेतनाको कमि, आर्थिक, सामजिक अवस्था अनि सरकार र सरोकारवाला निकायहरूले मुख स्वास्थ्यलाई उपेक्षामा पार्नु नै हो । यसको उदाहरणको निम्ति नेपालमा पनि सन् १९९७ सम्ममा धेरै कम मानिसहरूले फ्लोराइडयुक्त दन्त मन्जनले दाँत माझ्ने गरेको भएपनी त्यसपश्चात दन्तमन्जनमा भएको फ्लोराइड तत्वले दाँतमा सडन हुनबाट रोकथाम गर्छ भन्ने कुराको जनचेतना जनस्तरमा पुगेपश्चात् हाल ९०% को हाराहारीले फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *