संसदका कर्मचारीको माग सम्बोधनको प्रयासमा कानुन मन्त्रीको नेतृत्वमा सहजीकरण समिति गठन

0Shares

संसदका कर्मचारीको माग सम्बोधनको प्रयासमा कानुन मन्त्रीको नेतृत्वमा सहजीकरण समिति गठन

थाङमिचागु डटकम संवाददाता

९ असार, काठमाडौं । आन्दोलनरत संघीय संसदका कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारले कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो । समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् ।

अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै संघीय संसदका कर्मचारीहरु आन्दोलनमा छन् । यसअघि उनीहरुले ब्ल्याक आउट गर्दा संसद बैठक नै प्रभावित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *