इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Wednesday, October 14, 2026
जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने
जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने
थाङमिचागु डटकम संवाददाता

६, असार, चितवन । दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।
श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे ।
‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ ।’
राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।





