मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
खानेपानी र पुस्तकालयको बजेटमा भ्रष्टाचार, प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा
खानेपानी र पुस्तकालयको बजेटमा भ्रष्टाचार, प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा
थाङमिचागु डटकम संवाददाता

३० जेठ, काठमाडौं । संखुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङको शारदा माध्यमिक विद्यालयले खानेपानी र पुस्तकालय स्थापनाको नाममा पाएको रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा चलाएको छ ।
अख्तियारले आर्थिक वर्ष २०७४/०७५ मा पुस्तकालय व्यवस्थापनका लागि शिक्षा विभागबाट अनुदान पाएको रकमबाट पुस्तकालय नै स्थापना नगरेको भन्दै अख्तियारले प्रधानाध्यापक कृष्णहरि भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा खानेपानी व्यवस्थापनको लागि पाएको रकमबाट कुनै काम नगरेको भन्दै व्यवस्थापन समिति अध्यक्ष गोपालप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
अख्तियारले पुस्तकालयको मुद्दामा शाक्य अफसेट प्रेस चैनपुरका प्रोप्राइटर केशवकुमार शाक्यविरुद्ध मुद्दा दर्ता गरेको छ ।
अख्तियारले प्रधानाध्यापक भट्टराईविरुद्ध ४ लाख ६० हजार ४५५, शाक्यविरुद्ध ४ लाख १० हजार ४५५, व्यवस्थापन समिति अध्यक्ष अधिकारीविरुद्ध ३ लाख ४३ हजार र तत्कालीन शिक्षक लालबाबु पण्डितसँग ३ लाख ४३ हजार बिगो दाबी गरेको छ ।




