मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
रवि लामिछाने र दीपेश पुनमाथि अनुसन्धान गर्न सूर्यदर्शन पीडितको उजुरी
रवि लामिछाने र दीपेश पुनमाथि अनुसन्धान गर्न सूर्यदर्शन पीडितको उजुरी
थाङमिचागु डटकम संवाददाता

काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितले रवि लामिछाने र दीपेश पुन विरुद्ध पनि अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएका छन् । पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने र पुन पनि संलग्न रहेको पीडितको जिकिर छ ।
रवि लामिछाने पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् । दीपेश पुन माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेता हुन् । २५ जना पीडितले थप एउटा जाहेरी ल्याएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए । उनले भने, ‘यसअघि नै १ हजार ७६ जाहेरी दर्ता भैसकेको छ, थप आएको जाहेरी दर्ता गर्नुपर्ने अवस्था छैन ।’
पूरक जाहेरी थप अनुसन्धान गर्न ‘सूचना’ हुने एसपी थापाले बताए । पीडितहरूले लामिछाने र पुनसहित थप १५ वटा कम्पनीबारे पनि अनुसन्धान गर्नुपर्ने जाहेरीमा उल्लेख गरेका छन् । बचतकर्ताको पैसा ती कम्पनीमा लगानी गरेको पीडितको भनाइ छ ।





