नेपाल हरित गृह कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामग्री वितरण
2026-08-26विपन्न तथा अपाङ्ग रत्नबहादुर जिरेललाई ३० हजार सहयोग
2026-08-26
Wednesday, August 26, 2026
पाल्पामा तिनाउ खोलामा डुबेर भारतीय पर्यटकको मृत्यु
पाल्पामा तिनाउ खोलामा डुबेर भारतीय पर्यटकको मृत्यु

थाङमिचागु डटकम संवाददाता
२६ जेठ, पाल्पा । पाल्पा घुम्न आएका भारतीय पर्यटकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमद रहेको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो १२ बजेतिर दुई जना साथीसँगै पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिनाउ खोलामा नुहाउने क्रममा अहमद खोलामा डुबेका थिए । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । तिनाउ खोलामा नुहाउने क्रममा यो वर्ष वैशाखदेखि हालसम्म ५ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।





