मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
Monday, May 25, 2026
कांग्रेस महामन्त्री शर्मा भन्छन् : बालेनलाई काम गर्न देऊ

कांग्रेस महामन्त्री शर्मा भन्छन् : बालेनलाई काम गर्न देऊ
थाङमिचागु डटकम संवाददाता
२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बालेन शाहलाई काम गर्न दिन माग गरेका छन् । न्यूरोडमा फुटपाथ विस्तार गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेनको काम ठीक रहेको उनले बताए ।
बिहीबार संसदको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री शर्माले संघ र स्थानीय तहको द्वन्द्वको संघ बढी संयमित हुनुपर्ने बताए । ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठीक गरेका थिए,’ शर्माले भने, ‘उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, कुनै पनि हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ ।’





