मन्त्री श्रेष्ठको भिडियो सन्देश–  विश्वकपलाई उत्सवका रूपमा मनाऔँ

0Shares

मन्त्री श्रेष्ठको भिडियो सन्देश–  विश्वकपलाई उत्सवका रूपमा मनाऔँ

थाङमिचागु डटकम संवाददाता

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले टी–२० विश्वकप क्रिकेटलाई उत्सवका रूपमा मनाउन आग्रह गरेका छन् । आइतबार भिडियो सन्देश दिँदै मन्त्री श्रेष्ठले अमेरिका र वेस्टइण्डिजमा जारी विश्वकपलाई उत्सवका रूपमा मनाउन आह्वान गरेका हुन् । 

उनले भनेका छन्, ‘सबैलाई म आह्वान गर्न चाहन्छु विश्वकपलाई उत्सवका रूपमा मनाऔँ । कतिपयले स्थानीय तहसँग, युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा ठाउँ–ठाउँमा खेल पनि प्रदर्शन गर्दै हुनुहुन्छ । सव्य भव्य भएर यो पर्वलाई उत्साहजनक रूपले हामी मनाऔँ । आ–आफ्नो ठाउँबाट सक्ने सहयोग पनि गरौँ ।’  

मन्त्री श्रेष्ठले खेलाडीहरूको साथमा पुरा नेपाली, सरकार रहेको बताए । उनले उच्च मनोबलका साथ विश्वकप खेल्न खेलाडीहरूलाई आग्रह गरेका छन् । उनले भने,‘तपाईँहरू उच्च मनोबलका साथ खेल्नुहोस् । उच्च प्रदर्शन गर्नुहोस् । नतिजा त्यसको आधारमा आउँछ । मानसिक दबाब, मनोवैज्ञानिक दबाब लिनुपर्दैन । तपाईंहरुलाई ३ करोड नेपालीले संसारबाट हेरिरहेका हुनेछन् । त्यसलाई सम्झिनुहोस् आफ्नो माटोलाई सम्झिनुहोस् ।’ मन्त्री श्रेष्ठले पछाडि बसेर ताली र प्रार्थना गरेर सारा नेपालीहरू खेलाडीको साथमा हुने उल्लेख गरेका छन् । 

नेपाली क्रिकेटलाई विश्वरंगमञ्चले प्रशंसा गरिरहेको भन्दै मन्त्री श्रेष्ठले विश्वकपले नेपालीलाई एक ठाउँमा ल्याएको बताए ।  नेपालको खेल जुन ४ मा नेदरल्याण्डसँग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *