नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर शाहबीच भेट

महानगर प्रमुख शाहले आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ’
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भेटेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मेयर शाह बुधबार प्रधानमन्त्री निवास पुगेका हुन् । ‘भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताउनुभएको छ,’ देउवा र शाहबीचको भेटबारे परियारले भने, ‘महानगर प्रमु्ख शाहले आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।’
मेयरमा निर्वाचित भएपछि पहिलोपटक शाहले प्रधानमन्त्रीलाई भेटेका हुन् । प्रधानमन्त्रीले स्वतन्त्रबाट निर्वाचित काठमाडौंका मेयर शाहलाई बधाई दिएका थिए ।





