नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
प्रदेश सभामा सांसदका गुनासै

मेडिकल कलेज सञ्चालन किन प्राथमिकतामा परेन ? महाकाली करिडोर किन ओझेलमा ? स्वरोजगारका कुरा हुँदै भएनन्’
धनगढी — प्रदेश सभाको बजेट अधिवेशनमा आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलद्वारा सोमबार प्रस्तुत विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकताको छलफलमा बोल्ने अधिकांश सांसदहरूले सरकारका काममा गुनासै गुनासा गरेका छन्
बुधबारको छलफलमा सत्तारूढ दल एकीकृत समाजवादीका सांसद एवं पूर्व आर्थिक मामिला मन्त्री तारा लामा तामाङले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेटको सिद्धान्त तथा प्राथमिकता विगतकै निरन्तरता भएको बताए । विगतमा बजेट कार्यान्वयमा कमजोरी भयो । सबैको सरकार हुने गरी बजेट आउनुपर्ने र बजेटका प्राथमिकता निर्धारणमा कमजोरी रहेको उनको भनाई थियो ।
प्रदेश सरकारको अर्को सत्तारुढ दल माओवादी केन्द्रकी सांसद कुन्ती जोशीले संघीय सरकारको बजेटमाथि प्रश्न गरिन् । कालापानी, लिपुलेक लिम्पियाधुरा कुरा मात्रै उठ्ने, तर योजना नभएको भन्दै उनले प्रश्न गरिन्, ‘मेडिकल कलेज सञ्चालन किन प्राथमिकतामा परेन ? महाकाली करिडोर किन ओझेलमा छ ? स्वरोजगारका कुरा ह‘ुदै भएनन्,’ सांसद जोशीले भनिन्, ‘हाम्रा कुरा सरकारले सुन्दैन । अन्तिम वर्ष भएपनि हाम्रा कुरा सुनोस् ।’ प्रदेश राजधानी तोकिएको चार वर्ष भएपनि काम किन भएन र प्राथमिकतामा किन परेन भन्ने अचम्म लागेको उनको भनाइ थियो ।
उनले सरकार काम गर्नका लागि पनि डराएजस्तो देखिने गरेको बताइन् । नडगमगाउन सुझाव दिँदै सांसद जोशीले सरकार चुनौती खेप्न तयार हुनुपर्नेमा जोड दिइन् । ‘गल्ती भए सुधारेर अघि बढ्नुपर्छ । गर्दै नगर्ने हुन्न,’ उनले भनिन् ‘हामी जनप्रतिनिधि हुने, यहाँबाट हावा खाएर जाने ?’ कांग्रेसका देवराज पाठक विगतमा चार वर्ष सरकारले बजेट ल्याउँदा कांग्रेस प्रतिपक्षमा रहेको स्मरण गर्दै भने, ‘हामी पेलियौं, हेपियौं, अहिले कांग्रेस सरकारमा छ । कांग्रेस सरकारमा भएको बजेट चै एकलौटी नआओस्,’ उनले भने ‘विगतमा हामी घण्टौ रोष्टममा उभिएका थियौं, अब हाम्रो सरकार हुँदा प्रतिपक्षले त्यसो नगरोस् । प्रतिपक्षलाई मित्र मान्नु पर्दछ ।’





