पत्रकार तिवारीमाथी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै,महासंघद्वारा विज्ञप्ती जारी ।।।

0Shares

पत्रकार तिवारीमाथी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै,महासंघद्वारा विज्ञप्ती जारी ।।।

थाङ्मिचागु डट कम संवाददाता

विनोद मण्डल, माघ २४ । मधेश प्रदेशको रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ९ स्थित “बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालि “का सञ्चालक बैजु शाहको इशारामा उखु किसानको आन्दोलनको रिपोर्टिङ गर्नका लागि उक्त ठाउँमा पुगेका रौतहटका पत्रकार कृष्ण तिवारीमाथि कुटपिट भएको थियो ।

कुटपिटबाट पत्रकार तिवारीको छाती र आँखाको छेउमा गम्भीर चोट लागेर घाईते भएपछि प्रहरीको सहयोगमा स्थानिय हेल्थ ल्यान्ड अस्पताल पुर्याइएको थियो उक्त अस्पतालमा उपचार सम्भब नभएपछि वीरगन्ज लगिएको थियो ।

पत्रकार कुटपिट घटनाको घोर भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले एक विज्ञप्ती जारी गरेको छ ।

माघ २३ गते मंगलबार पत्रकार तिवारी माथि कुटपिट गरिएको थियो ।

घटनामा संलग्न सबैलाई कानूनी कारवाहीको लागि नेपाल पत्रकार महासंघ रौतहट शाखाले एकातिर माग गरेको छ भने अर्कोतिर आम सञ्चार प्राधिकरण ,जनकपुर धामले घटनामा संलग्नलाई हदैसम्मको कानूनी कारवाहीको माग गरेको छ ।

यता पत्रकार महासंघ केन्द्रीय कार्यालयले घटनामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *