प्रमूख जिल्ला अधिकारी पन्थिद्धारा अनुगमन ।।।

0Shares

प्रमूख जिल्ला अधिकारी पन्थिद्धारा अनुगमन ।।।

थाङ्मी चागु डट कम संवाददाता।

२०८०, माघ ११ । नवलपरासिका प्रमूख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्ला प्रहरी कार्यालय, (बसुपको) अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जिल्ला प्रहरी कार्यालयको समग्र काम कारवाहीको बारेमा प्रमूख जिल्ला अधिकारी पन्थीलाई जानकारी गराउनु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी पन्थीले जिल्लाको सुरुक्षा व्यवस्थालाई मजबूत बनाउनका लागि नेपाल प्रहरीले नवलपरासीमा खेलेको भूमिकाको खुलेर प्रसंशा समेत गर्नु भएको छ ।

नवलपरासी जिल्लामा प्रहरीले शान्ति सुरक्षा, सुव्यवस्था र अमनचयन, अपराध अनुसन्धान, अवैध चोरी तस्करी नियन्त्रण एवम् राजस्व चुहावट न्यूनीकरण, सीमा अपराध न्यूनिकरण, सामाजिक अपराध नियन्त्रण र न्यूनीकरण, विपद् व्यवस्थापन, न्यायिक कार्यसम्पादन र फछ्यौट लगायतका कार्यहरूमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत अनुसासित भएर आगाडी बढ्नका लागि निर्देसन समेत दिनु भएको छ ।

सीमावर्ती क्षेत्रमा खुला सिमाना भएका कारण जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सरोकारवाला सबैको सहयोग आवस्यक रहेको बताउँदै मिटरब्याज लगायतका पछिल्ला समसामयिक विषयहरूमा आमजनताले अनुभूति गर्ने गरी कार्य गर्न निकायलाई निर्देशन समेत दिनु भएको जिल्ला प्रशासन कार्यालय पक्षिंम नवलपरासीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *