माघे संक्रान्तिसँगै नगर बस सञ्चालनमा ।।।

0Shares

माघे संक्रान्तिसँगै नगर बस सञ्चालनमा ।।।
थाङ्मीचागु डट कम संवाददाता
२०८० माघ १ ।
सिरहाको लहानमा नगर बस सञ्चालनमा आएको छ ।

नगरपालिकाको मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको लहानमा आम स्थानियको पहुंच बढाउनका लागि आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै नगर बस सञ्चालनमा आएको छ ।

माघे संक्रान्तिको अवसरमा लाहान नगरपालिकाको प्रसासनिक भवनको परिसरमा आयोजित एक कार्यक्रमका बीच मेयर महेश प्रसाद चौधरीले परिसरमा राखिएको दुई वटा बसहरू प्र . २ – ०१ -००१ ख – ०३३० र प्र . २ – ०१ -००१ ख – ०३३१ नम्बरको बस गाडीहरुलाई विधिबत रूपमा पूजा पाठ गरी रिबन काटेर सञ्चालनमा ल्याउनु भएको हो ।

बिहान करिब ८ बजेर १३ मिनेटको समयमा पूजा पाठ सकिए पछि गाडी माघे संक्रान्तिको अवसरमा यात्रुहरुलाई एक दिन निःशुल्क हुने भन्दै बाँकी दिन भाडा दर २५ रुपैया कायम गर्दै सञ्चालनमा ल्याएको हो ।
सञ्चालनमा आएको बस नगरपालिकाको परिसरबाट ८ बजेर १७ मिनेटको समयमा आम स्थानियलाई सेवा दिन बाहिर निकालिएको थियो ।

मेयर चौधरीले नगरभित्र थन्किएर राखिएको बसलाई सञ्चालनमा ल्याएर असल काम गरेको सहजै अनुमान लगाउन सकिए पनि यसको कटाक्ष आलोचना हुनु स्वाभाविक पनि हो ।

नगरपालिकाले सञ्चालनमा ल्याएको बसमा अपांङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई नि:शुल्क गरिएको छ ।

विगतमा विभिन्न कारणले थन्किएको बस सञ्चालन भएपछि स्थानिय खुशी भएका छन् भने आज मात्र करिब ५ सयको हाराहारीमा यात्रुहरु बस चढेर आ -आफ्नो गन्तव्य तर्फ यात्रा गरेको बुझिएको छ ।
विनोद मण्डल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *