रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21माघे संक्रान्तिको धार्मिक सास्कृतिक महत्त्व ।।।
माघे संक्रान्तिको धार्मिक सास्कृतिक महत्त्व ।।।
थाङ्मीचागु डटकम संबाददाता ,
पुस २९। ज्योतिषस विद्या अनुसार
१२ वटा महिना, ६ वटा ऋृतुहरु अनि १२ वटा मशान्त र १२ वटै संक्रान्तिहरु नयाँ वर्ष अर्थात् वैशाख सङ्क्रान्तिबाट शुरु भएर विभिन्न मसान्त र संक्रान्ति हुँदै चैत मसान्तमा पुगेर अन्त्य हुने गर्दछन् ।
ज्योतिष शास्त्र अनुसार शौरमासको हिसाबले माघे संक्रान्तिको दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई “मकर सङ्क्रान्ति ” भनिएको हो ।
यस दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ समेत गरिन्छ ।
नेपालमा भौगोलिक, जातिय र सांस्कृतिक विविधता रहेता पनि एकै दिन पर्ने र एउटै नामको पर्वलाई भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन रहेको पाईन्छ ।
यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर जातिले मुख्य रूपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ ।
नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गर्दछन् ।
यस दिनबाट उत्तरायण सुरू हुन्छ र उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ ।
माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न(सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ ।
माघे संक्रान्तिको दिन गरेको स्नानले तीन किसिमका पापहरू कायिक, वाचिक, मानसिकबाट मुक्त भई मोक्षलोक प्राप्त हुने जनविश्वास रहेको पाईन्छ ।
थारु समुदायमा विशेष गरी नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व विशेष रूपले मनाईन्छ ।
सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँ अनुसार विभिन्न नामले थारु समुदायले मनाउने गर्दछन् ।
पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा मनाइने यो पर्वको दिन स्थानीयस्तरमा रहेको जलाशयहरूमा बिहानै स्नान र पूजापाठ गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायमा रहेको छ ।
यस पर्वमा तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग गरिन्छ ।
तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डु लगाएतका परिकार बनाएर खाने गरिन्छ ।
संक्रान्तिका लागि घरमा बनाएका परिकार पूजापाठ गरी सर्वप्रथम घरका देवदेवीलाई चढाइन्छ ।
यसरी सास्कृतिक विश्वासका साथ माघे संक्रान्ति पर्व मनाउने गरिन्छ ।