सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
मलेसियामा नेपालीको हत्या गरेर आएका युवक काठमाडौँमा पक्राउ
मलेसियामा नेपालीको हत्या गरेर आएका युवक काठमाडौँमा पक्राउ
थाङ्मीचागु डटकम संवाददाता
सोमबार , ०२ पुस २०८०
संग्रह
काठमाडौँ । मलेसियामा नेपालीको हत्यापछि काठमाडौँ आएका युवकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका २४ वर्षीय अनिल कुमार शाह छन् ।
मंसिर २५ मा मलेसियामा उनले झापाको शिवसताक्षी नगरपालिका–३ घर भएका ४० वर्षीय धन बहादुर प्रधानको हत्या गरेका आरोप छ । प्रधान र आरोपी एक वर्षदेखि मलेसियामा एउटै कम्पनीमा कार्यरत थिए ।
मलेसियामै कार्यरत मृतकका आफन्तले दिएको सूचनाको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले रातोपाटीलाई बताए । मुलुकी अपराध संहिताले दिएको बहुक्षेत्रीय अधिकार प्रयोग गरेर प्रहरीले इन्टरपोल मार्फत मलेसियन प्रहरीसँग समन्वय गरेर हत्याको अनुसन्धान थालेको छ । आरोपीलाई जिल्ला अदालत काठमाडौँले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
हत्या
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





