मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
गैंडा गाडिएको अवस्थामा फेला ।।।
गैंडा गाडिएको अवस्थामा फेला ।।।
विनोद मण्डल, मंसिर १ । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारेको गैंडा फेला परेको छ ।
निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत सतरचुली पोष्टबाट करिब ३.५ किलोमिटर दक्षिण–पूर्वमा मारिएको अवस्थाका गैंडा फेला परेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका दुई ओटा गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका फेला परेको हो ।
फेला परेको दुई गैंडा मध्ये ६ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको पुरिएको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिनु भएको छ ।
निकुञ्ज प्रशासनका अनुसार सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिले खाल्डोमा पारिएको हुनसक्ने अनुमान गरिएको छ भने दुवै गैँडाको खाग गाएब रहेको बताइएको छ ।




