मुलुक तस्करहरूको हातमा पुग्यो: नेकपा एमाले महासचिव पोखरेल

0Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

मुलुक तस्करहरूको हातमा पुग्योः महासचिव पोखरेल
काभ्रे । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनका कारण मुलुकको अर्थतन्त्र तस्करहरूको हातमा पुगेको बताउनुभएको छ । 
धुलिखेल नगर कमिटीले शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा महासचिव पोखरेलले अबैधानिक क्षेत्रमा लगानी भइरहेकाले मुलुकमा आर्थिक तरलता बढिरहेको बताउनुभयो ।

नेकपा (एमाले) सरकारमा रहेको समयमा नेपालको अर्थतन्त्र सुदृढ रहेको र अर्थतन्त्रका सबै सूचकाङ्क सकारात्मक रहेको स्मरण गर्दै उहाँले भन्नुभयो– अहिले मुलुक तस्करहरूको हातमा पुगेको छ र नेपाल दक्षिण एसियामै गरिब मुलुकका रूपमा चिनिएको छ । अहिलेको अराजकता, असफलता र जनतामा निराशा सिर्जना गर्न गठबन्धन सरकार जिम्मेवार रहेको उहाँको भनाइ छ । 
महासचिव शंकर पोखरेलले अहिलेको अराजकता र मुलुकको सङ्कट टार्ने क्षमता नेकपा (एमाले) बाहेक अरुसँग नभएको बताउनुभयो । 
‘नेकपा (एमाले) जनमतका हिसावले देशको ‘पपुलर’ पार्टी हो तर सरकारमा छैन,’ वर्तमान यथार्थ प्रस्तुत गर्दै महासचिव पोखरेलले भन्नुभयो– मुलुक निर्माणका लागि बलियो शक्ति निर्माण गर्नुको विकल्प छैन । राज्य सफल हुन सकेन भने जनताको समृद्धि असम्भव छ ।’ 
कोही सामाजिक सञ्जालमा पपुलिष्ट हुँदैमा मुलुकको विकास सम्भव नभएको उहाँको भनाइ छ । 
महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका समयमा सामाजिक सञ्जाल प्रयोगको व्यवस्थापनका लागि कानुन ल्याउन लाग्दा विरोध गरिएको स्मरण गर्दै आज गठबन्धन सरकारले त्यही कानुन ल्याउनुपर्ने महसुस भएको छ भन्नुभयो । 
एमाले मुलुकको समग्र विकासका लागि नविनतम योजना तथा सोच र राष्ट्रियताका सवालमा एक कदम अघि रहेको उहाँको भनाइ छ  । 

हिरोईजमले मात्रै मुलुक चल्दैनः बास्कोटा
शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाले नयाँ नयाँ हिरोईजमले मात्रै मुलुक नचल्ने बताउनुभयो । 
प्रतिनिधि सभा सदस्य बास्कोटाले साधारण मान्छेका लागि लोकतन्त्र भएकाले दल खोलेर चुनाव लड्ने बाहेक चिहानमा पुगेको संस्था र व्यक्तिबाट मुलुकको नेतृत्व असम्भव रहेको बताउनुभयो । 
गठबन्धन सरकारले नागरिकका समस्यामा ध्यान नदिएको बताउँदै बर्तमान गठबन्धन सरकार रहँदासम्म मुलुक ओरालो लाग्ने उहाँको भनाइ छ ।
सामाजिक सञ्जाल व्यवस्थापनका लागि सरकारले ल्याउन लागेको कानुनका सन्दर्भमा पूर्व सञ्चारमन्त्री समेत रहेका बास्कोटाले हिजो विरोध गर्नेहरूलाई नै आज कानुन आवश्यक भएको भन्दै व्यङ्ग गर्नुभयो । कोही उफ्रँदैमा लोकतन्त्र खतरामा नपर्ने उहाँको भनाइ छ । 
कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं जिल्ला इन्जार्च कृष्ण राई, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, नगर अध्यक्ष दयाराम महत लगायत नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

नेकपा (एमाले) धनकुटाद्वारा २३ बुँदे कार्ययोजना निर्माण
धनकुटा । नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीले २३ बुँदे भावी कार्ययोजना निर्माण गरेको छ । 

भूकम्पबाट क्षतिग्रस्त जिल्लामामा तिहार लगत्तै स्वयंसेवक परिचालन गरिने 
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभागको बैठक  पार्टी केन्द्रीय कार्यालय, च्यासलमा विहीबार सम्पन्न भएको छ ।

ललितपुरका नेकपा एसका दुईदर्जनभन्दा बढी नेताकार्यकर्ता एमालेमा फर्किए 
काठमाडौं । नेकपा एकीकृत समाजवादी ललितपुरका दुईदर्जनभन्दा बढी प्रभावशाली अगुवा कार्यकर्ता नेकपा (एमाले) मा फर्किएका छन् । 

राजावादी, स्वतन्त्र, सत्ता गठबन्धन सबैको प्रहारको केन्द्र एमालेः महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको रक्षा गर्ने एकमात्र पार्टी एमाले भएको र यसलाई कमजोर बनाउने योजना अन्तर्गत प्रतिपक्षमा रहेको समयमा पनि चौतर्फी आक्रमण भइरहेको वताउनुभएको छ । 

२५औँ सचिवालय बैठकः मंसिर १४ गतेदेखि मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम 
काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर १४ गतेदेखि मध्यपहाडि(पुष्पलाल) लोकमार्ग यात्रा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *