लहानको मारवाडी सेवा सदनमा सनसाइनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।।।

0Shares

लहानको मारवाडी सेवा सदनमा सनसाइनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।।।

विनोद मण्डल,कार्तिक १८ । सनसाइन एजुकेशनल कन्सलटेन्सीद्वारा सिरहाको लहानमा तिहार, सामा र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।

सनसाइन एजुकेशनल कन्सलटेन्सीका संस्थापक अध्यक्ष जय प्रकाश कुशवाहाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अथिती संघीय सांसद रामशंकर यादव अथितिहरु भगवानपुर गाउँपालिकाका पुर्व अध्यक्ष बेचन प्रसाद यादव ,नेपाल पत्रकार महासंघ सिरहा शाखाका पुर्व सभापति दिनेश्वर प्रसाद गुप्ता ,नेकपा माओवादी केन्द्रका लहान नगर अध्यक्ष हेमन्त कुमार यादव ,नेकपा एकीकृत समाजवादीका लहान नगर अध्यक्ष बिनोद साह ,रेडियो सरगमका संस्थापक फिरोज शेख , आइटी अफिसर संजय साह, लहान ३ का पुर्व वडा सदस्य राजाराम महतो लगाएत स्थानिय समाजसेवी, बुद्धिजीवी,राजनीतिकर्मी , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा विगत ८ वर्ष देखि लहानमा संचालित अवस्थामा रहेको यस कन्सल्टेन्सीले अन्य कन्सलटेन्सीहरुका बीच आफ्नो छुटै पहिचान बनाउन सफल भएको यस सनसाइन एजुकेशनल कन्सलटेन्सी लहान ८ द्वारा आयोजित शुभकामना आदान प्रदानमा कार्यक्रममा आउदै गरेको शुभ दिपावली, छठ , तिहार ,नेपाल सम्वत ११४४ तथा समाचाकेवा पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रमको शुरुमा पानसमा दीप प्रज्वलन गरी माननिय राम शंकर यादवले उद्घघाटन गरेपछि कार्यक्रम औपचारिक रूपमा अगाडि बढाइएको थियो ।

कार्यक्रममा वक्ताहरुले संसाइनले विगतका वर्षहरुमा शिक्षा क्षेत्रमा गरेको योगदानको चर्चा एकातिर गरिएको थियो भने अर्कोतिर बिद्यार्थीको पढाईप्रतिको चाशो घट्दै गएको कारण समाजमा लागु औषध प्रतिको आकर्षण बढेको एक वक्ताले बताउनु भएको थियो ।

शुभकामनाकै क्रममा स्थानिय नेता हेमन्त यादवले ” शैक्षिक वातावरणको कारण सिराहा पछि पर्दै गएको आशय राख्नु हुँदै , यस प्रति शैक्षिक संस्थाहरू गम्भीर हुनु पर्ने बताउनु ” भएको छ ।

करिब ३ सयको सहभागितामा आयोजित कार्यक्रममा सहभागीहरुले सिरहाको वर्तमान शैक्षिक वातावरणको बारेमा माननिय रामशंकर यादवको ध्यानाकर्षण गराउनु भएको थियो ।

छोटो समयमा सम्पन्न गरिएको कार्यक्रममा अथितीहरुले आ आफ्ना तर्फबाट शुभकामना आदानप्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *