Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
मोरङमा चार दलबीच गठबन्धन गरेर चुनावमा जाने सहमति
धरान । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको केन्द्रीय समितिले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेसँगै मोरङमा पनि छलफल सुरु भएको छ । मोरङमा रहेका गठबन्धन दलमध्ये नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच आज विराटनगरस्थित होटल स्टर्न स्टारमा छलफल भएको हो ।
स्रोतका अनुसा्अ छलफलमा माथिको निर्णयलाई कसरी कार्यान्वयन गरेर जाने भन्ने विषयमा प्रारम्भिक छलफल भएको थियो ।
बैठकमा कांग्रेसका तर्फबाट मोरङ सभापति डिकबहादुर लिम्बू, माओवादीबाट मोरङ संयोजक विजय विश्वास, सचिव प्रकाश पौडेल, नेकपा एकीकृत समाजवादीका तर्फबाट रेग्मीसहित मोरङका अध्यक्ष चन्द्रवीर राई तथा जनता समाजवादीका तर्फबाट मोरङका अध्यक्ष राजकुमार यादवलगायतको उपस्थिति थियो ।