थामीचागुको इतिहास

0Shares

पहिला थामिचागुको सुरुको इतिहास

त्यस पछि चार पगरिको शासन व्यबस्था

थामिचागुको थर हरु को इतिहास

नेपाली राजनीतिमा पुर्खाले गरेका योगदान

वर्तमान समयमा युवाको भुमिका

१) थामीचागुको सुरुको ऐतिहासिक नाम ।
चागु नाम कसरी हुनुपुग्यो पुग्यो त.?
चागु नाम हुनुभन्दा पहिला थामीचागु नाम छुट्टाछुट्टै प्रकारको नामहरु थियो । जस्तै तेङ्सिङ्ग , लिङ्गगोरेङ्ग , कुलीपोटोङ्ग , टाङपेराङ्ग रिदाग आमेडन्डी लिकि पोटोङ्ग , आर्कापोले , ठातिपोले , धुस्रुपोले , वास्यारङ्ग , कोलेपा, इत्यादि थियो !
सन, १७६२ मा चाँगेहाङ्ग ठान्टी थामीको नाम बाट अहिले को थामीचागुको नाम रहेको थियो ।
वास्तविक नाम चागु होइन चाँगे हो ।
चाँगेहाङ्ग ठान्टी थामी अहिलेको बर्तमन थामीचागुको ठान्टी खलकको सबैहरुको पुर्खा हो ।
चाँगेहाङ ठान्टी थामी झगरियाहाङ ठान्टी थामीको बुवा हुनुहुन्थ्यो ।
चाँगेहाङ्ग ठान्टी थामी थामीचागुको पहिलो बासीको पहिलो छोराको रुपा जन्मनु भएको थियो । उहा एकदमै भाग्यमानी हुनुहुन्थ्यो ।
तेसैले उहाको नाम चाँगेहाङ्ग राख्नु भएको र उहाँ जन्मनु भएको ठाउँ नाम पानी थामीचागे राख्नु भएको थियो ।
तर अहिले थामीचागु भएको छ ।
चाँगेको अर्थ – फुल हरियाली कहिले पानी नसुक्ने देव भुमि तपो भुमी सिमे भुमे सबैको बासइसथान र भाग्यमानी इसबैलाइ समेटेर ,चाँगेहाङ ठान्टी थामी र थामीचाँगे थामीचागुको नाम यसरी रहेको थियो ।

चाँगेहाङ ठान्टी थामीले धेरै लामो समय सम्म सासना गर्नु भयो । तेस पछि उहाँ बित्नु भए पछि उहाको ठाउँमा उहाको जेठा छोरा झगरियाहाङ्ग ठान्टी थामी आउनु भयो । उहाँ झगरिया ठान्टी थामी उहाको बुवा चाँगेहाङ ठान्टी थामी भन्दा पनि धेरै शक्तिशाली हुनुहुन्थ्यो । उहाँ समाजसेवी र सात गाउँको मादले र गोडाइचा बुबु जिम्बाल पनि हुनुहुन्थ्यो ।

थामीचागुमा चार पगरिको सासना व्यवस्था थियो र अझै हाम्रो थामी समाज भित्र छ ।

सरकार चलाउने
१) ठान्टी गोडाइचा बुबु
२) हार्बा मुल्मी
३) चित्रे जेडा बुढा
४) पेन्टे मुल्मी

समाज चलाउने
खामी
गुरु
लाङ्मी
दुर्मी

थामीचागुमा कति थार अथवा कति खलक छनत .?
१) ठान्टी आक्यङ्मी
२)पेन्टे
३)चित्रे
४)हार्वा
५)खुर्पे
६)रिस्मी
७) दाङ्गुरी
८) बेन्टाङ

आजको आधुनिक थामीचागु चिन्नुमा ठान्टी थामी गोडाइचाहरुको ठूलो योगदान रहेको छ ।

थामीचागुमा एउटा यस्तो खल्क थिए ! जो अतिनै देश प्रेमी आफ्नो समाजप्रेमी दुरदर्शि न्यायप्रेमी त्यो हो ठान्टी आक्यङ्मी खल्क थियो ।

थामीचागुले चाँगेहाङ्ग ठान्टी थामीको नाति झगरिया ठान्टी थामीको छोरा फेन्दो गोडाइचा ठान्टी थामी र उहाको साख सन्तान पाउनुनै थामीचागुको लागि सौभाग्य थियो ।

फेन्दो ठान्टी थामी गोडाइचा एक योद्धा दुरदर्शि समाजप्रेमी समुदायप्रेमी देशप्रेमी न्यायप्रेमी साहसिक हुनुहुन्थ्यो ।

आजको आधुनिक थामीचागुको इतिहासमा शिक्षाको छेत्रामा पहिलो चोटि स्कुल पढ्नुपर्छ भनेर । श्री फेन्दो ठान्टी थामी गोडाइचाले २०२२ सालमा ।स्कुल स्थापन गर्नु भएको थियो ।
तेस पछि दलमान ठान्टी थामी लाई इस्कूस व्यवस्थापनको अध्यक्ष बनाएर यसरी अघि बढेको थियो शिक्षाको छेत्रामा ।

श्री फेन्दो ठान्टी थामी गोडाइचाको जेठा छोरा श्रि तुलेहाङ ठान्टी थामी गोडाइचा एक दुरदर्शिता र समाजको नेतृत्व गर्नु हुन्थ्यो । र उहाँ २००५ सालमा तालुकदारको पथमा सपथ लिनु भएको थियो ।

श्रि फेन्दो ठान्टी थामी गोडाइचाको नाति श्रि तुले ठान्टी थामी गोडाइचाको जेठा छोरा श्री भाजु ठान्टी थामी गोडाइचाले आफ्नो सारा जिबन नै थामीचागु समाज र थामीचागुबासीको जिबन परिबर्तन गर्नुलाइ आवती दिएको थियो ।

श्रि भाजु ठान्टी थामी गोडाइचाको राजनीति यात्रा सगै धेरै चुनौतीको समान गर्नु परेको थियो । र पनि उहाँ एक वीर युद्ध थिए अती हिन्दुबादी राणा र साहको अन्याय अत्याचारको फलामे जन्जिरको सामान गर्नु सक्ने एक साहसिक वीर युद्ध थिए ।
उहाले थामीचागुमा धेरै लामो समय सम्म नेतृत्व गर्नु भयो । उहाँ धेरै दयालु सफा मनको हुनुहुन्थ्यो ।
उहाले गर्नु भएको परिबर्तन र बिकास ।

२०३७ सालमा बिश्वखाध्याबाट कापाराङ्ग to मैरे खोला सम्म गोरेटो बाटो निर्माणको नेतृत्व गर्नु भएको थियो ।

श्री भाजु ठान्टी थामी सन° २०४० सालमा उहाँ उपप्रधान पन्चा भए पछि थामीचागुमा पहिलो चोटि R.S.D.P बाट जम्मा १३ वोट धारा ल्याउनु भएको थियो तेस पछि थामीचागु बासिले खोल्सा कुवा बाट मुक्त भएर धाराको पानी खानु थालेको थियो ।

२०४५ सालमा बन जङ्गलको संरक्षक गर्नु पर्छ भनेर लागे पछि २०५० सालमा श्री सार्कीमान ठान्टी थामी र श्री भाजु ठान्टी थामीको नेतृत्वमा नै समुदायक बन श्री बोक्लथली बाघ खोर बन उपभोक्त समिति स्थापन गर्नु भएको थियो र अध्यक्ष पनि भाजु ठान्टी थामीनै हुनु भएको थियो ।

२०५१ सालमा बत्तिको छेत्रामा पनि ठान्टी थामीहरु उतिनै ठुलो भुमिका खेल्नु भएको छ चरिकोट आसपास छेत्रा दोल्खाको फुलपा सम्म बिजुलीको लाइन नआएको अबस्थामा हाम्रो थामीचागु बासी जनतालाई बत्तीको उज्यालो प्रकाश दिनुलाइ पनि श्री भाजु ठान्टी सार्कीमान ठान्टी चित्र बहादुर ठान्टीको सयुक्त भुमिका पछि भाजु ठान्टी काठमाडौ गएर १ महिनाको भर्मन अनुगमन गरेर फर्के पछि पहिलो चोटी ६० हजारमा निर्माण कमिटीको अध्यक्ष रहमान थामीलाइ बनाएर सुरुगरेको काम थामीचागुमा २०५६ सालमा बिजुली बत्ती बाल्नु सफल हुनु भएको थियो ।

सन २०४२ सालमा सरसफाइको छेत्रामा जताततै दिसा पिसाब गर्नु हुन्न अब हामीले पाइखान बनाए पाइखानामा दिसा पिसाब गर्नु पर्छ भनेर सिकाने पनि थामीचागु बासीलाई श्री भाजु थामीको नेतृत्वमा नै बस्तीमा पाइखाना निर्माण गर्नु सुरु गरेको थियो ।

सन २०४३ सालमा नेपाल थामी समाजको दोल्खा जिल्ला अध्यक्ष पनि हुनु भएको थियो । र यो राजा बिरोधिहरु भनेर एकल नश्लिए ब्राह्मणबादी हिन्दुबादी साहले जेलमा पनि कोच्नु भएको थियोे ।

सन २०४५ सालमा B.p.L बाट मैरेको पुल सर्किमान ठान्टी र भाजु ठान्टी थामीको अध्यक्षतामा निर्माण भएको थियो ।

सन २०३९ सालमा भाजु ठान्टी थामी सार्कीमान ठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *