सिरहाको अधिकांश भूभाग डुवानमा ।।।

0Shares

सिरहाको अधिकांश भूभाग डुवानमा ।।। विनोद मण्डल, भदौ ८ । रातीदेखीको अविरल वर्षाका कारण सिरहाका अधिकांश भूभाग डुवानमा परेको छ । ढिलो गरी शुरू भएको पूर्वीय वायु मनसुनको न्यून चापिय रेखा सरदर स्थानभन्दा नेपालको उत्तरी क्षेत्रमा यतिबेला सक्रिय भएको कारणले वर्षा भैरहेको अवस्था रहेको देखिन्छ । रातिदेखिको अविरल वर्षाको कारण चुरेको दक्षिणी क्षेत्रमा रहेको सिरहाको भूभागहरू डुवानमा परेको छ । भारी वर्षाको कारण लाहान नगरपालिकाको पर्यटकिय स्थल झण्डा पार्क डुबेको छ भने अर्कोतिर मानिक दहक्षेत्र, फूलवारी धाम क्षेत्र, धनगढीमाईका सोनापुर ,गोलबजार लगायतको क्षेत्रमा डुवान रहेको छ । सिरहाको भारतीय सीमासँग जोडिएका अधिकांश बस्तीहरू डुवानको जोखिममा परेको छ । सिरहाको कतिपय स्थानमा पानीको उपयुक्त निकास नगरिकन विकास निर्माण गर्दा घरहरू ढल्ने अवस्थामा पुगेका छन् । सडकमा पानी जमेको कारण स्थानीयलाई आवत जावतमा कठिनाई उत्पन्न भएको छ , भने स्थानिय नदीहरूले किशानहरुको जग्गा समेतमा कटान गरेको छ । स्थानिय सररे खोलामा आएको अनियन्त्रित बाढीले धनगढीमाई १३ असारीदेखि दक्षिणको बाध भत्काएको अवस्था रहेको छ भने लहान २४ गाेबिन्दपुर मानिक दह झुटकी निबासी करिब ३५ वर्षीया शिव नारायण यादवलाई सररे खाेलाको बाढिले बगाएकाे छ । स्थानिय खोलाहरूमा तार जाली नगर्दा र विकासप्रति दूरगामी सोच नहुँदा बर्सेनि डुवानको चपेटामा सिराहा बासी रहेको देखिन्छ । सिरहाका अधिकांश बस्तीहरूमा यतिबेला डुवानको खतरा रहेको हुनाले सतर्कता अपनाउनु पर्ने एकातिर बाध्यता रहेको छ भने अर्कोतिर संभावित जोखिमको मूल्यांकन सबै पालिकाहरुले गरेर निकायलाई जानकारी गराउनु पर्ने अवस्थाको सिर्जना भएकोले तत्काल जोखिमको लेखाजोखा हुन आवयक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *