अविरल वर्षाले घरमा क्षति ।।।

0Shares

अविरल वर्षाले घरमा क्षति ।।।

विनोद मण्डल, भदौ ८ । रातिदेखि अविरल वर्षाका कारण सिरहाका अधिकांश भूभाग डुवानमा परेको छ ।

सिरहाको गोलबजार नगरपालिका वडा न २ मा अविरल बर्षाको कारण आएको बाढी ,भेलले खेतीयोग्य जमिन कटान गर्दै बाटोघाटो लगायत भौतिक संरचनामा क्षति पुर्याएको छ ।

गोलबजारको वाडा न २ को वडा कार्यालय गुरुधाम जोड्ने सडकको होम पाईप बाढीले बगाएको र वडा कर्यालय नजिकै रहेको पक्की एक घरमा समेत क्षति पुगेको अवस्था रहेको छ ।

लगातार २/३ दिनसम्म भारी बर्षाको संभावना रहेको हुँदा संभावित जोखिमबाट बच्न वडा बासिहरु सजक र सतर्क रहन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *