मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
लागू औषध सहित महिला नियन्त्रणमा ।।।
लागू औषध सहित महिला नियन्त्रणमा ।।।
विनोद मण्डल साउन २९ प्रहरीले सिरहा नगरपालिका वडा नं. १४ खिरौना लच्काबाट लागूऔषध सहित दुई महिलालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी खिरौनाबाट प्र.स.नि.दुर्गा प्रसाद यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा सोही अटो रिक्सामा सवार सप्तरी खडक नगरपालिका वडा नं. ५ रन्जितपुर टोल बस्ने बर्ष २५ की निरा कुमारी चौधरीले बोकेको ह्यण्ड ब्याग भित्र लुकाई छिपाई ल्याएको लागूऔषध नाईट्रोभेट १० लेखिएको २० पता (६०० पिस ट्याब्लेट ), लागूऔषध, नेपाली रु २,८०५ ।-,मोबाईल ३ थान र सोही अटोमा सवार जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १७ खैरटोका बस्ने बर्ष ३० की नमिमा खातुनको साथबाट नेपाली नगद ३१,५०० ।- र मोबाईल १ थान बरामद भएकोले दुबै जनालाई लागूऔषध सहित नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






