सडक भासिएपछि सवारी साधनहरु बाटोमै रोकिए ।।।

0Shares

सडक भासिएपछि सवारी साधनहरु बाटोमै रोकिए ।।।

विनोद मण्डल साउन १४ । उदयपुर कटारी सडकखण्डमा सडक भासिएको छ ।

सिराहाको मिर्चैया देखि कटारी जाने सडक कटारी वाडा नंवर २ स्थित कुखुरे खोलामा लगाइएको पूलसहितको सडक सामान्य वर्षामा भासिए पछि सवारी साधनहरु बाटोमै रोकिएका छन ।

आवत जावतमा प्रत्यक्ष प्रभाब पर्ने गरी सडकको पछिम तर्फ पुलको माथिल्लो भाग भत्किए पछि सवारी साधनहरु रोकिएका छन ।

भासिएको सडकको स्थलगत अनुगमन कटारी नगरपालिकाका उपप्रमुखले गर्नु भएको छ ।

सामान्य कुराकानीमा तत्काल ट्राफिक प्रहरीलाई खवर गर्ने उप प्रमुखले बताउनु भएको छ भने इलाका प्रहरी कार्यालय बेलसोतमा सम्पर्ग गर्दा उक्त ठाउँमा स्काईभेटर पठाई सकिएको बताइएको छ ।

सडक भासिने क्रम जारी रहेकाे अवस्था रहेको हुनाले उक्त ठाउँमा उच्च सतर्कता अपनाउन जरुरी रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *