मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
लागू औषध सहित एक पक्राऊ ।।।
लागू औषध सहित एक पक्राऊ ।।।
विनोद मण्डल, साउन १५ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा लागु औषध सहित एक महिला पक्राऊ परेका छन ।
नवलपरासी (ब.सु.प.) जिल्लाकाे रामग्राम नगरपालिका वडा नं. ६ पोखरापाली स्थित लागु औषध विक्री गरेको भन्ने प्राप्त सुचना बमोजिम तत्काल खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ०६ मा रामपती अग्रहरीको घरमा डेरा गरी बस्दै आएकी करिब ४० वर्षिया गंगोत्री बनियालाई नियन्त्रणमा लिइएको हो ।
बानियाँको कोठा खानतलासी गर्दा भान्सा कोठावाट कपडाले ढाकी राखेको बोराको झोलामा DIAZEPAM ,PHENERGAN ,BUPRENORPHINE गरी ४२३ एम्पुल ,NITRAVET ट्याव्लेट १३६ पिस, SPMPRX+ WOCKHARD लेखेको निलो क्याप्सुल १९० पिस औषधीजन्य लागु औषध फेला परेको बताईएको हो ।
भारी परिमाणको लागू औषध सहित नियन्त्रणमा लिइएको बानियाँको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (ब.सु.प.) ले जनाएको छ ।





