मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Thursday, July 9, 2026
सडक भासिएपछि सवारी साधनहरु बाटोमै रोकिए ।।।
सडक भासिएपछि सवारी साधनहरु बाटोमै रोकिए ।।।
विनोद मण्डल साउन १४ । उदयपुर कटारी सडकखण्डमा सडक भासिएको छ ।
सिराहाको मिर्चैया देखि कटारी जाने सडक कटारी वाडा नंवर २ स्थित कुखुरे खोलामा लगाइएको पूलसहितको सडक सामान्य वर्षामा भासिए पछि सवारी साधनहरु बाटोमै रोकिएका छन ।
आवत जावतमा प्रत्यक्ष प्रभाब पर्ने गरी सडकको पछिम तर्फ पुलको माथिल्लो भाग भत्किए पछि सवारी साधनहरु रोकिएका छन ।
भासिएको सडकको स्थलगत अनुगमन कटारी नगरपालिकाका उपप्रमुखले गर्नु भएको छ ।
सामान्य कुराकानीमा तत्काल ट्राफिक प्रहरीलाई खवर गर्ने उप प्रमुखले बताउनु भएको छ भने इलाका प्रहरी कार्यालय बेलसोतमा सम्पर्ग गर्दा उक्त ठाउँमा स्काईभेटर पठाई सकिएको बताइएको छ ।
सडक भासिने क्रम जारी रहेकाे अवस्था रहेको हुनाले उक्त ठाउँमा उच्च सतर्कता अपनाउन जरुरी रहेको देखिन्छ ।





