जेसिजको सहयोगमा किशोरीहरुलाई स्वास्थ्य सामग्री बितरण ।।।

0Shares

जेसिजको सहयोगमा किशोरीहरुलाई स्वास्थ्य सामग्री बितरण ।।।

विनोद मण्डल फाल्गुन २४ । “लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच ” भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय महिला दिवस नवलपरासीको पाल्हिनन्दन ३ बेलासपुरमा भव्यताका साथ मनाइएको छ ।

सन् १९११ मार्च ८ मा क्लारा जेट्किनले महिलामाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा यो दिवस मनाउने गरेको पाईन्छ ।

आज विश्वभर ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस अनेकन कार्यक्रम गरी भव्यताका साथ मनाइएको हो ।

नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ३ स्थित रहेको मदरसा स्लामिया आधारभुत बिद्यालयमा रामग्राम महिला जेसिजकाे आयोजनामा बर्ष २०२३ का अध्यक्ष जोगमाया चौधरी र पाल्हीनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ज्युको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा करीब ५० जना किशोरीहरुलाई स्वास्थ्य सामग्री र शैक्षिक सामग्री बितरण गरिएको छ ।
सामाग्री अंतर्गत किशोरीहरुका लागि सेनेटरी प्याड ,साबुन ,सेनेटाइजर र स्टेशनरी समान बितरण गर्दै समाजका लागि राम्राे काम गर्नेलाई सम्मान समेत गरिएको छ ।

आयोजित कार्यक्रममा रामग्राम महिला जेसीजका कार्यकारीणी उपाध्यक्ष रामग्राम ४ जितपुर निवासी जेसी सरिता कुर्मीले आफ्नो श्रीमान अवधेश कुर्मी ज्युलाई आफ्नो मृगौला दिई महान कार्य गरेकोमा आयोजित कार्यक्रमका बीच बिशेष धन्यबाद सहित जेसिसले सम्मान
समेत गरेको छ ।

कार्यक्रममा महिला माथि हुने सबै प्रकारका विभेद ,हिंसा, असामनता अन्त गर्न समाजका सबै एक जुट भएर लाग्नुपर्ने वक्ताहरुले बताएका छन भने कार्यक्रममा स्थानिय समाजसेवी ,राजनीतिकर्मी , विभिन्न संघसंस्था सङ्ग आवद्ध आम उच्च व्यक्तिहरूको समेत सहभागिता रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *