कुरीको जग्गा अतिक्रमणमा कालिञ्चोक गाउँपालिकाको चासो, उपाध्यक्षको नेतृत्वमा समिती गठन

0Shares

दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा अतिक्रमण र जथाभावी होर्डिङ बोर्ड राखेर कुरुप बनाउन थालेको विषयमा अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।

कालिञ्चोक गाउँपालिका गाउँकार्यपालिकाको यही माघ २३ गते बसेको बैठकले गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीको संयोजकत्वमा पाँच सदस्यीय कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समिति गठन गरेको हो । सो समितिमा पालिकाका उपाध्यक्ष बुढाथोकी, वडा नम्बर १ का वडाध्यक्ष पदम बहादुर थामी, वडा नम्बर ६ का वडाध्यक्ष भरत पाण्डे, वडा नम्बर ९ का वडाध्यक्ष रामप्रसाद मैनाली र गाउँपालिकाको प्रशासन शाखाका एक जना कर्मचारी सदस्य रहेका छन् ।

सो समितिलाई १५ दिनभित्र अर्थात् आगामी फागुन ८ गतेभित्र कालिञ्चोकको कुरी बजार क्षेत्रको अध्ययन गरी प्रतिवेदन बुझाउन समय दिइएको छ । कुरी क्षेत्रको जग्गा अतिक्रमण, खोला प्रदुषित भएको विषय, जथाभावि विभिन्न कम्पनीका होडिङ बोर्ड राखिएको तथा कुरी क्षेत्रमा सञ्चालन भइरहेका होटल व्यवसाय दर्ता भए नभएको लगायत बजार क्षेत्रको सम्पुर्ण विषयमा समितिले अध्ययन गर्नेछ ।

कालिञ्चोक गाउँपालिका गाउँकार्यपालिकाको यही माघ २३ गते बसेको बैठकले गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीको संयोजकत्वमा पाँच सदस्यीय कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समिति गठन गरेको हो ।सो समितिलाई १५ दिनभित्र अर्थात् आगामी फागुन ८ गतेभित्र कालिञ्चोकको कुरी बजार क्षेत्रको अध्ययन गरी प्रतिवेदन बुझाउन समय दिइएको छ ।

कुरी बजार क्षेत्रको अध्ययन तथा प्रतिवेदन समितिको प्रतिवेदनका आधारमा त्यस क्षेत्रको विषयमा आवश्यक प्रक्रिया अघि बढाउने तयारी भइरहेको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो ।

कालिञ्चोक मन्दिर क्षेत्रमा लामो समयदेखि अवैध रुपमा राखिएका होर्डिङ बोर्ड नहटाउँदा सो क्षेत्र कुरुप देखिएको छ । कालिञ्चोकको कुरी बजारदेखि केवुलकार स्टेशन हुँदै मन्दिर रहेको थुम्कि नजिकैसम्म लामो समयदेखि मनपरी ढंगले होर्डिङ बोर्डहरु राखिएका छन् । जसका कारण प्राकृतिक सौन्दर्यताले भरिपुर्ण कालिञ्चोक मन्दिर कुरुप देखिएको छ । कानुनमा कुनै पनि विज्ञापनदाताले बिज्ञापन बोर्ड राख्दा सम्बन्धीत नगर वा गाउँपालिकाको स्वीकृति लिएर मापदण्ड बमोजिम मात्रै राख्न पाउने व्यवस्था छ । प्राकृतिक रुपमा सुन्दर रहेको कालिञ्चोक क्षेत्रलाई अन्य सबै हिसावले सुन्दर बनाउन चुनौति थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *