थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
बालविवाहको आरोपमा बेहुलासहित ६ जना पक्राउ ।।।
बालविवाहको आरोपमा बेहुलासहित ६ जना पक्राउ

दाङ — बालविवाह भइरहेको स्थानबाट घोराहीमा बेहुला र बालिकाका आमाबुबासहित ६ जना पक्राउ परेका छन् । माघ २६ गते दिउँसो घोराही उपमहानगरपालिका-१६ बरधन्ने गाउँमा बालविवाह भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले विवाह मण्डपबाटै दुलाहा घोराही-२ रामपुरका २५ वर्षीय सन्तोष परियारसहित ६ जनालाई पक्राउ गरेको हो ।
१४ वर्षीया बालिकाको विवाह हुन लागेको थाहा पाएपछि प्रहरी विवाह भइरहेको स्थानमा पुगेको थियो । विवाह गराउने कार्यमा संलग्न बालिकाका आमाबुवा पक्राउ परेका छन् ।
त्यस्तै बेहुलाका आमा ४५ वर्षीया सर्मिला दमाई, बेहुलाका काका ३२ वर्षीय मोहन दमाई र सहयोगी ४० वर्षीया सीता नेपाली पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए । उनीहरुलाई माघ २७ गते जिल्ला अदालतबाट म्याद लिई बालविवाहसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
प्रहरीले घटना आइतबार सार्वजनिक गर्दै सुरक्षाका लागि बालिका र उनका आमाबुवाको परिचय गोप्य राखिएको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा १७३ मा २० वर्ष नपुगी विवाह गर्न नहुने व्यवस्था छ । उमेर नपुगी गरिएको विवाह स्वतः बदर हुने र यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको डीएसपी गौतमले बताए ।




