आजका ‘टपटेन’ समाचार

0Shares

आज २०७९ पुस ११ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद; तीन जना उपप्रधानमन्त्री, देउवा सरकारका मन्त्रीहरु यसरी बिदा भए, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा पदभार ग्रहण, नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने; जसपा अन्योलमा, सरकारलाई राप्रपाको समर्थनमात्र, सत्ताबाट विमुख भएपछि कांग्रेसका प्रदेशस्तरका नेता के भन्छन् ? लगायत छन् ।

१. प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद; तीन जना उपप्रधानमन्त्री
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । नयाँ सरकारमा तीन जना उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

प्रचण्डद्वारा जनताको नाममा पद तथा गोपनीयताको शपथ
दौरा सुरुवालमा ठाँटिएर शीतल निवास पुगे प्रचण्ड (तस्बिरहरु)
आठ सदस्यीय मन्त्रिपरिषद् गठन, रवि बने गृहमन्त्री
प्रधानमन्त्रीको शपथमा माइकले धोका दिएपछि....
शीतल निवासमा शपथ चल्दै गर्दा सिंहदरबारमा कर्मचारीलाई हतारो, तस्बिरहरु हेर्नुहोस्
तस्बिरमा हेर्नुहोस् शीतल निवासको शपथ
शीतल निवासमा देउवाका दुई तस्बिर : शपथमा उठ्न गाह्रो माने, बीचैमा बाहिरिए
शपथलगत्तै प्रचण्ड व्यस्त, तीन वटा कार्यक्रमपछि सिंहदरबार जाने
मन्त्री जाममा फसेपछि शपथ छुट्यो
शीतल निवासमा सँगसँगै देखिए ओली र माधव नेपाल
प्रचण्ड प्रधानमन्त्री कार्यालय जाँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्

२. देउवा सरकारमा मन्त्रीहरु यसरी बिदा भए
शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारमा मन्त्रीहरू सोमबार औपचारिक रुपमा विदा भएका छन् । उनीहरूले आफ्नो कार्यकालमा भएका कामबारे संक्षिप्त चर्चासमेत गरेका छन् । मन्त्रालयमा संक्षिप्त कार्यक्रम आयोजना गरी उनीहरू औपचारिक रुपमा बिदा भएका हुन् । 

चौतर्फी समस्याको बाबजुद अर्थतन्त्रको सफलतापूर्वक रक्षा गर्‍यौं : अर्थमन्त्री शर्मा
नयाँ सरकार बन्ने प्रक्रियालाई सहजतापूर्वक लिएको छ : गृहमन्त्री खाण

नयाँ सरकार बन्ने प्रक्रियालाई सहजतापूर्वक लिनुपर्छः खाँण

विदाई हुँदै शिक्षामन्त्री पौडेलले सार्वजनिक गरे आफ्नो प्रगति प्रतिवेदन
विदाई हुँदै श्रममन्त्री कुँवरले सार्वजनिक गरे ५२ बुँदे प्रगति विवरण
६ महिने कार्यकालको फेहरिस्त प्रस्तुत गर्दै बिदा भए पर्यटनमन्त्री श्रेष्ठ
५ महिना २८ दिनमा विदाई भए श्रममन्त्री कुँवर

३. उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय
नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कार तथा हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका छन् । सोमबार शपथ ग्रहणपछि पद बहाली गर्दै उनले पहिलो निर्णयका रुपमा निर्मला पन्तको हत्याबारे न्यायिक छानबिनको निर्णय गरेका हुन् । 

रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायिक छानबिन
भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँ : रवि लामिछाने

४. उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा पदभार ग्रहण
नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सिंहदरवारस्थित कार्यालयमा पदभार ग्रहण गरेका छन् । सोमबार शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर उनले जिम्मेवारी सम्हालेका हुन् । 

उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण, तस्बिरमा हेर्नुहोस्
सेयर बजारले रुचाएका अर्थमन्त्री : नेप्सेमा फेरि बन्ला नयाँ कीर्तिमान ?
शेयर बजारद्वारा प्रचण्ड सरकारको स्वागत

५. नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने; जसपा अन्योलमा
नागरिक उन्मुक्ति पार्टी सरकारमा सामेल नहुने भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन जनाएको सो पार्टीले सरकारमा भने सहभागी नहुने निर्णय गरेको हो । उता, उपेन्द्र यादव नेतृत्वको जसपा भने अझै सरकारमा जाने कि नजाने भन्नेमा अनिर्णित छ । जसपाले पनि सरकारलाई समर्थन भने जनाइसकेको छ ।

सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको निर्णय

६. सरकारलाई राप्रपाको समर्थनमात्र
राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा नजाने भएको छ । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने योजना नरहेको बताए ।

राप्रपा सरकारमा जाँदैन, समर्थन मात्रै गर्छ : अध्यक्ष लिङ्देन
लिङ्देन पनि ‘कमल थापा पथ’मा जाने राप्रपामा भय
प्रदेश खारेज गर्न पनि तलबभत्ता खानुपर्ने भयो : भक्ति सिटौला

७. सत्ताबाट विमुख भएपछि कांग्रेसका प्रदेशस्तरका नेता के भन्छन् ?
केन्द्रमा नयाँ समीकरण बनेसँगै नेपाली कांग्रेस पार्टी संघ र सातै प्रदेशमा सत्ताबाट विमुख बनेको छ । विभिन्न पाँच वटा प्रदेशका कांग्रेस नेता प्रतिपक्षी भूमिका निर्वाह गर्ने मनस्थितिमा रहँदा दुई वटा प्रदेशका नेता भने सरकार गठनको सम्भावनातर्फ केन्द्रित देखिएका छन् ।

सत्ता विमुख भएपछि के भन्छन् कांग्रेसका मुख्यमन्त्रीका आकाङ्क्षी

८. प्रदेश १ का प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ
प्रदेश १ का प्रदेशसभा सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले प्रदेश प्रमुखबाट शपथ लिएपछि उनले प्रदेशसभाका अन्य सदस्यलाई शपथ दिलाएका हुन् । 

प्रदेश १ प्रदेशसभा : जेष्ठ सदस्य गनगाइँले लिए शपथ
प्रदेश १ मा ६ जना सांसदले लिए मातृभाषामा शपथ
प्रदेश १ मा सांसदहरूको शपथ ग्रहणको तयारी, हेरौं तस्बिरहरु
प्रदेश १ : मुख्यमन्त्रीमा एमाले र माओवादीको आ-आफ्नै दाबी

९. कर्णाली प्रदेशसभाका सदस्यहरुले लिए पद तथा गोपनीयताको शपथ
कर्णाली प्रदेशसभाका सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुखबाट ज्येष्ठ सदस्य विनोदकुमार शाहले शपथ लिएपछि उनले प्रदेशसभाका अन्य सदस्यहरुलाई शपथ दिलाएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *