वन उजाड हुँदै जिल्ला वन कार्यालय दर्शकको भूमिकामा ।।।

0Shares

वन उजाड हुँदै जिल्ला वन कार्यालय दर्शकको भूमिकामा ।।।

हेमप्रसाद पासवान पौष 2 । सिरहाको बन क्षेत्रमा बन डिभिजनको मिलेमतोमा प्राकृतिक बन जंगल बिनाश भइरहेको अवस्था रहेको पाइन्छ ।

सिरहा स्थित वनडिभिजन कार्यालय लहानका वनपालेहरुको लापरवाहीका कारण धनगढीमाई 14 अन्तर्गतका वन जंगल उजार भैरहेकोछ !

वनपालेहरुले आफ्नो कर्तब्य पूर्ण रुपमा पुरा नगरेको कारणले बनजंगल दिनहु उजाड भैरहेको अवस्था छ! धनगढीमाई १४, अन्तर्गतका बन क्षेत्रमा रहेको सखुवा काठको बिनाश उपभोक्ता समिति मार्फत भइरहेको अवस्था रहेको छ । बन विभागका कर्मचारीहरुको मिलेमतोमा नियम विपरीत कटान पुर्जा खोल्दा बन जंगलको बिनाश भएको छ ।

धनगढीमाई १४ अन्तर्गतका जंगलहरूमा जताततै सखुवा काठ कटान भएको अवस्थाको पहिचान स्वरूप जंगलमा चिरानको बाकल हेरेर सहजै अनुमान लगाउन सकिन्छ । स्थलगत रूपमा बन जंगलको अबलोकन गर्ने हो भने जताततै कटानको बुटाहरु देख्न सकिन्छ ।

व्यक्तिगत फाइदाको लागि नेपाल सकारको र नेपाली जनताको सम्पति लुटिरहेको छ भने बनपालेहरू मुखदर्शक भयर हेरी रहेको छ !

नेपाल सरकारले बन अन्तर्गतका कर्मचारीलाई लाई तलव भत्ता दिइ राखेको छ की छैन ? यसको मुल्यांकन गर्न जरूरी छ ।

जंगलका ठुलो ठुलो सालको रुखहरू चिरान गरेर सकाई सके सल्ला कटान पनि यतिकै मात्रामा कटान जारी रहेको छ । ईलाका वन कार्यालय धनगढीका बन कर्मचारीहरु बेलुका सधैं धनगढीमाई १३ को असारेमा गएर बाहिरबाट किनेर ल्याएको दियालो (सरर) गरीब महिलाको टाउकोबाट खोसेर बन रक्षकको कर्तव्य पालन गर्दै आएका बन डिभिजन कार्यालय लहानको चरम लापरवाहीका कारण बन उजाड भैरहेको अवस्थामा जिल्ला वन कार्यालयकाे बसेर तलब खाने बानीलाई तत्काल बन्द गर्न जरूरी रहेको देखिन्छ ।

यिनी हरुलाई आदेशछ तत्काल सल्ला र साल कटान लाई रोकौस बाटोमा गरिब मजदुर असहाय महिला हरुले किनेर ल्यायको सल्ला कायरता पुर्बक खोस्ने काम न गरोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *