नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
धनगढीमाईमा दुबो खेतीको शुरुवात स्थानिय हर्षित ।
धनगढीमाईमा दुबो खेतीको शुरुवात स्थानिय हर्षित ।
बिनोद मण्डल मंसिर १ । सिरहाको धनगढीमाई १२ मा फूल र दुबो खेती शुरु भएपछि स्थानिय खुशी भएका छन् ।
स्थानिय ठटीयामा करिब ४ बिगाहा जग्गामा दुबो खेती एकातिर शुरू गरिएको छ भने अर्कोतिर १ बिगाहा जग्गामा सयपत्री फूलको खेती शुरु भएपछि स्थानिय करिब २० जनाले एक वर्षदेखि रोजगारी पाएका छन् ।
स्थानिय गाउँको पूर्व सरे खोलाको किनार समीपमा रहेको वर्षौं देखिको बाझो जग्गामा ऋतु नर्सरीका संचालक शिव प्रसाद पोखरेलले दुबो खेती शुरु गरेपछि स्थानियले रोजगारी पाएका छन् ।
जग्गाको पक्षीम छेउमा बोरिङ गाडेर पानीको ब्यबस्थापन गरेपछि उक्त बाँझो जग्गामा खेती थालिएको गायत्री ढकालले बताउनु भएको छ ।
आफूलाई फूलको लागि ठूलो अफर आएको अवस्थामा करिब 300 केजी हालसम्म बिक्री गरेको र आफूसँग प्रयाप्त फूल रहेको नर्सरी सञ्चालकले बताउनु भएको छ ।
खेती थालेको शुरुवातमै आफूलाई फूल र दुबो बाट आम्दानी हुन् थालेको बताउदै हालसम्म आफूसँग भएको दुबो सबै बिक्री भएको छ भने नयाँ दुबो मंसिर ५ गतेदेखि बिक्री हुने समेत जानकारी गराउनु भएको छ ।
स्थानिय स्तरमा धार्मिक कार्यहरूमा फूल र दुबो यहीबाट बिक्री वितरण हुँदा आफूहरुलाई छोटो समयमा आवस्यकता पूरा हुने गरेको स्थानिय प्रदीप दाहाल बताउनुहुन्छ ।






