धनगढीमाईमा दुबो खेतीको शुरुवात स्थानिय हर्षित ।

0Shares

धनगढीमाईमा दुबो खेतीको शुरुवात स्थानिय हर्षित ।

बिनोद मण्डल मंसिर १ । सिरहाको धनगढीमाई १२ मा फूल र दुबो खेती शुरु भएपछि स्थानिय खुशी भएका छन् ।

स्थानिय ठटीयामा करिब ४ बिगाहा जग्गामा दुबो खेती एकातिर शुरू गरिएको छ भने अर्कोतिर १ बिगाहा जग्गामा सयपत्री फूलको खेती शुरु भएपछि स्थानिय करिब २० जनाले एक वर्षदेखि रोजगारी पाएका छन् ।

स्थानिय गाउँको पूर्व सरे खोलाको किनार समीपमा रहेको वर्षौं देखिको बाझो जग्गामा ऋतु नर्सरीका संचालक शिव प्रसाद पोखरेलले दुबो खेती शुरु गरेपछि स्थानियले रोजगारी पाएका छन् ।

जग्गाको पक्षीम छेउमा बोरिङ गाडेर पानीको ब्यबस्थापन गरेपछि उक्त बाँझो जग्गामा खेती थालिएको गायत्री ढकालले बताउनु भएको छ ।

आफूलाई फूलको लागि ठूलो अफर आएको अवस्थामा करिब 300 केजी हालसम्म बिक्री गरेको र आफूसँग प्रयाप्त फूल रहेको नर्सरी सञ्चालकले बताउनु भएको छ ।

खेती थालेको शुरुवातमै आफूलाई फूल र दुबो बाट आम्दानी हुन् थालेको बताउदै हालसम्म आफूसँग भएको दुबो सबै बिक्री भएको छ भने नयाँ दुबो मंसिर ५ गतेदेखि बिक्री हुने समेत जानकारी गराउनु भएको छ ।

स्थानिय स्तरमा धार्मिक कार्यहरूमा फूल र दुबो यहीबाट बिक्री वितरण हुँदा आफूहरुलाई छोटो समयमा आवस्यकता पूरा हुने गरेको स्थानिय प्रदीप दाहाल बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *