भूकम्पले घर भत्काउँदा डाेटीमा ३ जनाकाे मृत्यु ।।।

0Shares

भूकम्पले घर भत्काउँदा डाेटीमा ३ जनाकाे मृत्यु ।।।

डोटी — बुधबार बिहान २.१२ मा आएकाे भूकम्पले घर भत्काउँदा पूर्विचौकी गाउँपालिकाकाे वडा नं ३ गैरागाँउमा ३ जनाकाे मृत्यु भएको स्थानीयबासीले जानकारी दिएका छन् । उद्वार कार्यकालागि घटनास्थलमा खटिएका नेपाली कांग्रेस ३ का वडासभापति दिर्घ बाेहराले कान्तिपुरसँग टेलिफाेनमा कुराकानी गर्दै ३ जनाकाे शब स्थानीयले बाहिर निकालिसकेको जानकारी दिए । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छैन । त्यसैले क्षतिको पूर्ण र औपचारिक विवरण आईसकेको छैन ।

गम्भिर घाईते भएका प्रेम सिं बाेहरालाई पनि स्थानीयले भत्किएकाे घरबाट बाहिर निकालेका छन् । उनकाे अवस्था चिन्ताजनक रहेकाे वडासभापति बाेहराले बताएका छन् । पानीपट्टी गरेर आफुले प्राथमिक उपचार गरेपनि अवस्था सुधार नभएकाे उनकाे भनाई छ । प्रेम सिं बाेहरा हिजाेमात्रै भारतबाट घर फर्केका थिए । घाईते बाेहराकाे श्रीमति र २ छाेरी भने घरभित्रै फसेका छन् । स्थानीयले उद्वारका लागि प्रयास गरिरहेका छन् ।
साे वडामा ७ घर भूकम्पले पूर्णरूपमा क्षति गरेकाे स्थानीयले बताएका छन् ।

डाेटीकाे खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्ने खप्तड बाबा आश्रमलाई केन्द्रबिन्दु बनाएर २ बजेर १२ मिनेटमा ६.६ रेक्टरकाे भूकम्प जाँदा डाेटीमा धनजनकाे क्षती भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *