तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
संसारकै फोहोरी मानिसको मृत्यु ।।।
संसारकै फोहोरी मानिसको मृत्यु ।।।
संवाददाता कार्तिक ८ । संसारको सबैभन्दा ‘फोहोरी मानिस’ को उपमा पाएका एक इरानी नागरिकको मृत्यु भएको छ। इरानी मिडियाका अनुसार ९४ वर्षीय उनको हिजो दक्षिणी प्रान्तमा मृत्यु भएको हो। उनी देजगाह गाउँमा एक्लै बस्दै आएका थिए।
दुनियाँसामु ‘फोहोरी मानिस’ भनेर चिनिएका अमो हाजीले विगत ५० वर्षदेखि नुहाएका थिएनन्। उनी दशकौंसम्म फोहोरमै सुते, फोहोरमै हुर्के र फोहोरमै रमाए। उनले फोहोरमै जीवन देखे अनि ’फोहोरी मानिस’ को ‘ट्याग’ पाएपछि अन्ततः फोहोरमै प्राण त्यागे। आधा शताब्दीभन्दा बढी समयदेखि हात समेत नधोएका उनी पानीको नाम लिँदा पनि डराउँदै। कसैले पानी देखाएको अवस्थामा उनी कुलेलम ठोक्थे। नुहाउँदा शरीरमा रोग फैलने उनको मान्यता थियो। त्यसैले उनले पाँच दशकदेखि नुहाउन छाडेका हुन्।
सन् २०१३ मा उनै हाजीबारे ’द स्ट्रेन्ज लाइफ अफ अमो हाजी’ नामक वृत्तचित्र पनि बनेको थियो। मिडिया स्रोतका अनुसार वृत्तचित्रमार्फत् उनी बाँचिरहेको एउटा ’फोहोरी जीवन’ देखाइएको थियो। स्थानीय बासिन्दाले ’फोहोरी मानिस’ लाई पटक पटक नुहाउन आग्रह गर्दा समेत उनी राजी भएनन्। तेहरान टाइम्सका अनुसार हाजीले जनावरको मल भरिएको एउटा पाइपबाट थुप्रै चुरोट एकैपटक तान्थे।
’फोहोरी जीवन’ बिताइरहेका हाजीको स्वास्थ्य अवस्था सँधै राम्रो रहेको तेहरानका डाक्टरहरू दाबी गर्थे। अन्ततः उनी यस धर्तिबाट सदाका लागि बिदा भएका छन्। श्रोत जानकी खवर बाट जस्ताको तस्तै साभार






