आम जनतालाई ठग्दै नेतागण ।।।।

26Shares

आम जनतालाई ठग्दै नेतागण ।।।।

विनोद मण्डल असाेज २० । नेपाल सरकारले घोषणा गरेको निर्वाचन कार्यक्रमको लागि राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको पार्टी त्याग प्रवेशको नियमित कार्यक्रम चलिरहेको अवस्था रहेको पाइन्छ ।

व्यक्तिगत स्वार्थमा लिप्त नेतागणले पार्टीले टिकेट नदिएपछि स्वतन्त्र बन्ने अनि पार्टी परित्यागको नीति लिएर समाजमा खोक्रा भाषण दिएर जनतालाई रणभुलमा पारिरहेका छन् ।

नेपालका नेताहरुलाई आम जनताले प्रस्ट रूपमा पहिचान गरिसकेका छन् । चुनाब हरुवा माधव नेपाल जस्ता व्यक्तिलाई विगतमा प्रधानमन्त्री बनाइएको देशमा हत्यारा प्रचण्ड को राजनीतिक यात्रालाई समेत नेपाली जनताले नजिकबाट नियालेको छ भने उखान टुक्का हाक्ने ओलिको कठोरता र शेर बहादुर देउवाको महँगी आम जनताले नजिकबाट बुझेको अवस्था रहेको हुनाले राष्ट्रप्रेमी ,जनताप्रेमी विकाश प्रेमी नेताको पहिचान तपाई हाम्रो समाजमा अशल समय आएको हुनाले समयमा ध्यान केन्द्रित गर्न जरुरी देखिएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको चुनावी मैदानमा आफ्नो दलको वर्चस्व कायम गराउन अहिले सम्म भागबन्डा मिलाउन भन्दै गठबन्धनको बैठक कति पटक बस्यो ? आम जनताको सास्तीको रूपमा रहेको डेङ्गु महामारी नियन्त्रण गर्नका निम्ति कति पटक बैठक बस्यो ? कूनै राष्ट्र बादी व्यक्तिहरूले हिसाब गर्नु भएको छ ?
भागबन्डाको लागिः-३९ पटक
डेङ्गगु नियन्त्रणको लागिः-०

सामाजिक विकासलाई खयाल गर्दै अशल नेतृत्व छनौटको लागि सही निर्णयको अधिकार सम्बन्धी विषयमा वेलामा सचेत हुनुपर्ने अवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *