मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
एतिहासिक पहिचानका ईमली रुख ।।।
एतिहासिक पहिचानका ईमली रुख ।।।
विनोद मण्डल असाेज १८ । नेपालमा एतिहासिक सांस्कृतिक महत्त्वका धरोहरहरू विकाशको नाममा धरापमा पर्न थालेका छन् । पौराणिक संरचनालाई विकासको नाममा भत्काएर अगाडी बढ्नु भन्दा ती पहिचानका धरोहरूलाई बचाउनु पनि तपाई हाम्रो कर्तव्य र धर्म पनि हो ।
सिराहा सदरमुकामको मुख्य बजारको एतिहासिक इमली चोक जुन सयौ वर्ष अघि रोपिएको इमली गाछी सुकेर नष्ट भएपछि पुनः अर्को रुख रोपिएको अवस्था रहेको देखिन्छन । दशै तिहार पछि अर्थात् छठपछि सरकारी मापदण्ड अनुसार सडकको दाया बायामा रहेको भौतिक संरचना खाली गराउने बेलामा एतिहासीक रुखको रूपमा परिचित यस ठाउँमा रहेकाे अर्थात् नयाँ इमलीको रुखलाई संरक्षण गर्न सबैको ध्यान केन्द्रित गर्न जरुरी देखिएको छ भने दाया बायामा रहेका घरहरूको मालिकले समेत पहिचानको रुखलाई संरक्षण दिएर पुण्यको काममा सहयोग गर्नुपर्ने अवस्था आएको हुनाले विना विवाद यसलाई चारैतिर बाट सबैले आफ्नो ठाउँबाट संरक्षणमा सकारात्मक भूमिका निभाउन जरुरी देखिएको छ ।





