भोलि रवि लामिछाने सहितका नेताहरु दोलखा आउने

23Shares


भदौ १४ दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला बुधबार हुने भएको छ । चरिकोट स्थित सिमपानी सभाहलमा पार्टीको संगठन विस्तारको लागि जिल्ला भेला हुन लागेको हो ।
भेलालाई पार्टीका सभापति रवि लामिछाने सहित केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भेलाबाट पार्टीको जिल्ला समिति गठन हुने बताइएको छ । केन्द्रिय सदस्य सोविता गौतमले पार्टीको संगठन विस्तारसँगै चुनावी अभियानलाई तीव्रता दिने उद्धेश्यले भेला आयोजना गरिएको बताउनुभयो । उहाँले पूराना पार्टी र नेताबाट भविष्य सुनिश्चित नभएकोले देशको अवस्था र व्यवस्था परिवर्तननका लागि स्वतन्त्र पार्टी देशव्यापी रुपमा सक्रिय भएको सुनाउनुभयो । उहाँका अनुसार सीमपानी हलमा दिउँसो आयोजना हुने भेलाको तयारी र प्रचारप्रसारलाई व्यापक पारिएको छ ।
सभालाई सम्बोधन गर्न चर्चित पूर्व पत्रकार एवं अहिलेका नेता रवि लामिछाने आउनुुहने भएपछि उत्साह छाएको दोलखाका युवा अभियान्ता रबिन पाण्डेले सुनाउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन नजिकिएसँगै देशव्यापी सभा, सम्मलेन, कार्यक्रम र संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *