मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
वीरगञ्ज आइपुग्यो डीएपी मल

१४ भदौ, वीरगञ्ज । सरकारले अनुदानमा खरिद गरेको रासायनिक मल डिएपी वीरगञ्ज आइपुगेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको मध्ये कलकत्ता बन्दरगाहबाट छुटेको एक र्याक अर्थात २ हजार ५ सय मेट्रिक टन डीएपी मल वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह आईपुगेको हो ।
कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले भने, ‘एक साता अघि मल कलकत्ता आइपुगेको थियो, आज पहिलो ¥याक वीरगञ्ज आइपुगेको छ, भन्सार जाँच पासको प्रक्रिया पूरा भएपछि कार्यालयमा आउँछ, त्यसपछि वितरण सुरु गर्छौ ।’
उनका अनुसार स्वीस सिंगापुर कम्पनी मार्फत खरिद गरिएको २० हजार मेट्रिक टन डीएपी मल मध्ये १५ हजार बोरा वीरगञ्ज नाकाबाट भित्रिनेछ । वीरगञ्जबाट भित्रिएको डीएपी मल मध्ये ७ हजार मेट्रिक टन मल प्रादेशिक कार्यालय भैरहवाका लागि जाने छ ।
जोर्डनबाट खरिद गरिएको डीएपी मलको लागत ६ हजार ७ सय ११ रुपैयाँ प्रति बोरा छ । ४ हजार ५ सय ११ रुपैयाँ सरकारी अनुदान रकम कटाएर २ हजार २ सय रुपैयाँ प्रतिबोरा बिक्री मुल्य कायम गरिएको छ । कम्पनीको प्रादेशिक कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० का लागि खरिद गरिएको ३० मेट्रिक टन युरिया ३० हजार मेट्रिक टन वितरण गरिसकेको छ ।
प्रादेशिक कार्यालय भए पनि वीरगञ्जबाट मधेश प्रदेशका ८ वटा जिल्ला, बागमती प्रदेशका सबै जिल्ला र गण्डकी प्रदेशको कास्की, पर्वत लगायत जिल्लाका लागि मल बिक्री वितरण हुने गरेको छ । वीरगञ्जबाट कृषि सामाग्री कम्पनीको १६ वटा शाखा कार्यालयमा मल जाने गरेको छ ।





