मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठनद्वारा मेयर हर्क साम्पाङको राजीनामा माग

धरान / राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा माग गरेको छ। सामाजिक सञ्जालमा अभद्र र असभ्य प्रस्तुति दिएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजीनामा माग गरेको हो ।
केही दिन अगाडी धरानका मेयर साम्पाङले काठमाण्डौका मेयर बालेन्द्र शाह प्रति लक्षित गर्दै इन्जीनियरहरुलाई कटाक्ष गरेका थिए । सोही विषयलाई लिएर राप्रवि सङ्गठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै राजीनामा नदिए कडा आन्दोलनको चेतावनी दिएका छन् । ‘सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफू बाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसा प्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणी प्रति राप्रवि सङ्गठन घोर भर्त्सना र विरोध गर्दछ
छिमेकी देश भारतमा इन्जिनियरिङ पेसाबाट उदाएका अरबिन्द केजरिवालको राजनैतिक आगमनसँगै नयाँ दिल्लीले पाएको विकासलाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित बन्न आग्रह गरिएको छ । मेयर साम्पाङको तुच्छ शब्दले विवेकशीलता, कूटनैतिक क्षमता र बोलीको परिपक्वतामाथि प्रश्न उठेको राप्रवि सङ्गठनको ठहर छ ।
‘यस्तो गैरजिम्मेवार नेतृत्व धरानले पाइरहँदा धरानको विकास भविष्य अन्धकारमा पुग्न लागेको कुरा सहजै स्विकार्न सकिन्छ । आफू केही गर्न नसक्ने र अरूको कामलाई विरोध गर्ने, धरानको विकासमा अघि बढ्न भ्याइनभ्याइ हुनु पर्ने बेलामा सानो सोच राखेर भ्रष्टाचारी नेताहरूको शैलीलाई पछ्याउँदै हिँड्नुले उहाँ अब अराजकताको बाटोतिर लम्कनुभएको कुरा प्रस्ट्याउँछ,’ विज्ञप्तिमा भनिएको छ ।




