टिक टक बन्द अभियान सुचारु गर्दै मधेशका युवाहरु ।।।

4Shares

टिक टक बन्द अभियान सुचारु गर्दै मधेशका युवाहरु ।।।

विनोद मण्डल भदौ १३ । आधुनिक दुनियाँमा प्रविधिको विकाससँगै बिभिन्न किसिमका समाजिक सञ्जालहरुको विकास र विस्तार भएको अवस्थामा विश्व समाज एकअर्कासँग समीप हुन् पाउनु अत्यन्तै सुन्दर पक्ष हो तर सामाजिक सञ्जालहरुको चरम दुरुपयोगले हाम्रो सामाजिक गरिमामाथि चट्याङ् वर्षाएको तितो यथार्थ समाजको लागि अत्यन्तै चिन्ताजनक विषय बनेको छ ।

विभिन्न समाजिक सञ्जाहरुलमध्ये टिकटकले हाम्रो समाजमा निम्त्याएको विकृति थामिनसक्नु छ । यसले हाम्रो समाजलाई ध्वस्त पार्दैछ । नयाँ पुस्ता बर्बाद भइरहेका छन् । समाज अमर्यादित, अनुशासनहिन र अश्लील बन्दैछ ।

मधेशमा युवाहरूको जमातले टिकटकविरुद्ध सशक्त अभियान थालेका छन् । युवाहरुको यो कदम सराहनीय छ । उनीहरू सरोकारवाला सरकारी निकायहरूमा ज्ञापनपत्र बुझाउँदै, अश्लील टिकटकरहरुको अकाउन्ट बन्द गराउँदै अभियानलाई अगाडी बढाइरहेका छन् ।

समाजको गरिमा जोगाउने यो अभियानले सार्थकता बोकेको हुनाले यसलाई सबैतिरबाट साथ सहयोग हुन् जरुरी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *