न्यायको पर्खाइमा निहारिका ।।।

11Shares

न्यायको पर्खाइमा निहारिका ।।।

विनोद मण्डल साउन २६ । नेपाली राजनीतिक इतिहासमा परिवर्तनको नाममा धेरैं परिवर्तन भए तर लोकतन्त्र गणतन्त्रसम्म आउँदै गर्दा राष्ट्रमा न्याय हराउन थालेको देखिन्छ ।

भनाउदा राजनेताहरुको कारण राजनीतिक नियुक्ति अनि भ्रष्टाचारले देशमा चरम सीमा पार गर्दै गर्दा न्यायहरु पाखा लगाउँदै देशमा अशान्ति भित्रिदै छ ।

सडकदेखि सदनसम्म खिचातानी अनि भ्रष्ट अख्तियारको कारण न्याय प्रशासन यतिबेला न्याय दिन कन्जुसाई गरिरहेको छ । स्वतन्त्र अदालतहरू राज नेता भनाउदाका मुठ्ठीमा रहेकोले स्वतन्त्र नागरिक न्याय पाउनबाट वञ्चित रहेका छन् ।

भ्रष्ट कर्मचारी देखि डराउने हाम्रो चलन अनि हैकमवादी चरित्रहीन राष्ट्रघातीहरुका कारणले देश यतिबेला विषम परिस्थििबाट गुज्रिरहेको छ ।

न्याय दिन नसक्ने अदालत अनि हत्याराहरुलाई तारेखमा छोड्ने प्रचलनले गर्दा आज देशमा न्याय हराएकाे सर्व विदित रहेको पाइन्छ ।

गाउँका मीटरब्याजी देखि धेरै निहारिका राजपूतहरु आफ्ना अधिकार देशको राजधानी शहर काठमाण्डौको माइतीघर मण्डलामा धर्ना दिएर खोजिरहेका छन् तर लाचार सरकारले न्याय प्रदान गर्नुको सट्टा प्रहरी दमनको ताण्डव मचाई रहेको अवस्था रहेको देखिन्छ ।

शक्तिको आडमा केयौ देशद्रोही यतिबेला खुला सडकमा ताण्डव नृत्य गरिरहेका छन् । आँखामा पट्टि बाँधेर हिडिरहेका सरकार कृपया आँखा खोलेर पार्टीको निर्देशनमा न्याय दबाउने रक्त पिपासुहरुलाई मृत्यु दण्डको कानुन बनाई न्याय प्रदानको दिशामा अघि बढेर शान्ति कायम गर्न जरुरी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *