सांस्कृतिक पहिचान कायम गर्न जाग्दै थामी समुदाय.भिडियो सहित ।।।।

87Shares

सांस्कृतिक पहिचान कायम गर्न जाग्दै थामी समुदाय ।।।।

सन्तोष ठान्टी थाङ्मी साउन २६ । अन्तर्राष्ट्रिय मुलबासी दिवस सन् १९५५ देखि अधिकार प्राप्तिको लागि संयुक्त रास्ट्र संघको अगुवाईमा विश्वका मुलबासीहरुले यो दिवस मनाउँदै आएका हुन् । मुल्बासी दिवसको अवसरमा थामी समुदायले आफ्ना भाषा संस्कृति र पहिचानका लागि २८ औँ विश्व मुलबासी दिवस २०७९ भव्यताका साथ मनाएका छन् ।

ओझेलमा पर्दै गएको र राज्यबाट पछाडी पार्दै गएको थामी समुदायको भाषा धर्म संस्कृति र पहिचान जोगाउनका लागि उक्त समुदायले “यापती सोनारी ” सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको विक्रम थामीले जानकारी दिए ।

देशका थामी बाहुल्यता भएका ठाउँहरूमा यस समुदायले आफ्नो सांस्कृतिक पहिरनमा सजिएर जातिय बाजा बजाएर थामी भाषा धर्म संस्कृति जगेर्नाका लागी जातीय नाच गान समेत प्रदर्शन गरी दिवस मनाएका हुन् ।

आफनै जातिय भाषा बढी प्रयोग गरिरहने यस समुदायले थाङ्मी खाम भाषाको जगेर्नाका लागि दोलखामा थामी समुदायले भव्यताका साथ यो दिवस मनाउँदै यस समुदायले दोलखाको राङराङ्थलीलाई संग्राहलयको रूपमा स्थापना गर्दै थामी समुदायले आफनो भाषा, धर्म, संस्कृति पौराणिक थामी समुदायले प्रयोग गर्ने कला लगायतका वस्तुहरूको सँरक्षण मुख्य विषय मान्दै आफ्ना कार्यक्रमलाई अगाडि बढाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *