लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
Saturday, November 21, 2026
पहिरोका कारण खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइनको पोल जोखिममा

पहिरोका कारण खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइनको पोल जोखिममा
मन्थली – लगातारको वर्षासँगै खसेको पहिरोका कारण खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइनको पोल जोखिममा परेको छ । तिल्पुङ छहरा नजिकै गत वर्ष झरेकै स्थानमा सोमबार पहिरो गएपछि प्रसारण लाईनको पोल जोखिममा परेको हो ।
पूर्व वडा अध्यक्ष सुवास बोहोराले पहिरोले उक्त पोल जोखिममा परेको र कुनैपनि बेला क्षति पुग्नसक्ने बताए । प्रशारण लाइनबाट हाल माथिल्लो तामाकोसी जलविद्युत आयोजना लगायतको उत्पादन ढल्केबर सब–स्टेशनमा पठाउने गरिएको छ ।
यस्तै लगातारको वर्षासँगै खसेको पहिरोका कारण मन्थली-खिम्ती सडकखण्ड पटक पटक अवरुद्ध हुन थालेको छ । मन्थली नगरपालिका २ बान्द्रेमा आइतबार र सोमवार झरेको पहिरोले सडक अवरद्ध भयो । सडक माथिबाट पहिरो बग्ने क्रम नरोकिएकाले पन्छाएर आवागमन खुलाउन कठिनाई भएको छ ।





