पहिरोका कारण खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइनको पोल जोखिममा

0Shares

पहिरोका कारण खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइनको पोल जोखिममा


मन्थली – लगातारको वर्षासँगै खसेको पहिरोका कारण खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइनको पोल जोखिममा परेको छ । तिल्पुङ छहरा नजिकै गत वर्ष झरेकै स्थानमा सोमबार पहिरो गएपछि प्रसारण लाईनको पोल जोखिममा परेको हो ।

पूर्व वडा अध्यक्ष सुवास बोहोराले पहिरोले उक्त पोल जोखिममा परेको र कुनैपनि बेला क्षति पुग्नसक्ने बताए । प्रशारण लाइनबाट हाल माथिल्लो तामाकोसी जलविद्युत आयोजना लगायतको उत्पादन ढल्केबर सब–स्टेशनमा पठाउने गरिएको छ । 
यस्तै लगातारको वर्षासँगै खसेको पहिरोका कारण मन्थली-खिम्ती सडकखण्ड पटक पटक अवरुद्ध हुन थालेको छ । मन्थली नगरपालिका २ बान्द्रेमा आइतबार र सोमवार झरेको पहिरोले सडक अवरद्ध भयो । सडक माथिबाट पहिरो बग्ने क्रम नरोकिएकाले पन्छाएर आवागमन खुलाउन कठिनाई भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *