कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
दोलखामा १६ महिनामा ८ सय ७२ जनाद्वारा रगत दान

दोलखामा १६ महिनामा ८ सय ७२ जनाद्वारा रगत दान
पछिलो समय दोलखामा विभिन्न संघ संस्थाहरु निःशुल्क रक्तदान गर्न तर्फ क्रियाशील रुपमा लागि परेका छन् । यो अत्यन्त राम्रो र मानवीय कार्य हो । रक्तदान नै जीवन दान हो । केही वर्षयता जिल्लामा हुदै आएका रक्तदान कार्यक्रमहरु प्रति जनसहभागिता पनि उल्लेखनीय रुपमा बृद्धि भएको छ ।नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको अगुवाईमा जिल्लामा मासिक रुपमा कार्यतालिका अनुसारनै रतदान भईरहेका छन् । जिल्लामा १६ महिनाको अवधिमा ३२ वटा संघ संस्थाहरुले निःशुल्क रत्तदान कार्यक्रमको आयोजना गरेका छन् भने उक्त कार्यक्रमबाट ८ सय ७२ जनाले रगतदान गर्नु भएको छ । जिल्लामा २०७७ सालको माघ महिनाबाट २०७९ सालको जेठ मसान्त सम्म १६ महिनाको अवधिमा ८ सय ७२ जनाले निःशुल्क रगतदान गर्नु भएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका सभापति गोकर्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ८ सय ७२ जनाबाट संकलन भएको ८ सय ७२ पिन्ट रगत मध्ये जिल्लाका विभिन्न अस्पतालहरुमा २ सय ४८ जना विरामीका लागि प्रयोग गरिएको छ भने ४ सय पिन्ट रगत नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भत्तपुर शाखाले सञ्चालन गरेको रत्तसञ्चार केन्द्रमा पठाईएको छ । संकलन भएको रगत मध्ये मापदण्ड नपुगेको र म्याद सकिएको २ सय २४ पिन्ट रगत नष्ट गरिएकोे छ ।





